मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण १० मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ फाल्गुण १० मंगलबार १४:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपाद्वारा प्रदेश १ को नाम ‘किराँत–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ प्रस्ताव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण १० मंगलबार १४:oo:oo

जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश १ को नाम ‘किराँत–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने धारणा सार्वजनिक गरेको छ। पछिल्लो समय प्रदेश १ को नामांकनको विषयले चर्चा पाइरहेको वेला जसपाले प्रदेशको नाम मौलिक सभ्यता, ऐतिहासिक र राजनीतिक पृष्ठभूमि तथा पहिचानका आधारमा ‘किराँत–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ राख्नुपर्ने बताएको हो।

जसपा प्रदेश १ का अध्यक्ष प्रवीण चाम्लिङले मंगलबार विज्ञप्ति जारी गरी प्रदेश नामकरण सम्बन्धमा २०७७ साल असोज २३–२४ गते नै निर्णय गरिएको स्मरण गराउँदै प्रदेश १ को नामकरण पहिचानका आधारमा नै हुनुपर्दछ भन्नेमा जसपा स्पष्ट र प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘मौलिक सभ्यता, ऐतिहासिक राजनीतिक पृष्ठभूमि, पहिचानको मागलाई सम्बोधन गर्दै प्रदेश १ लाई ‘किराँत–लिम्बुवान–मधेस–शेपालुङ प्रदेश’ नामकरण गर्नुपर्दछ।’ पूर्ण सघीय नेपाल निर्माणका लागि जसपाले निरन्तर सडक र सदनबाट दबाब दिने कार्य गरेको र आफ्नो सरकार रहेको मधेस प्रदेशमा कार्यान्वयनसमेत गरेर देखाएको विज्ञप्तिमा जनाइएको छ। हाल प्रदेशको नामकरणबारे भइरहेको बहस र छलफलले राजनीतिक सरगर्मी ल्याएको भन्दै जसपाले पछिल्लो राजनीतिक घटनाक्रमहरूलाई स्वागतयोग्य भन्दै गम्भीरताका साथ लिएको उल्लेख छ। रासस