१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ९ सोमबार
  • Wednesday, 26 June, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण ९ सोमबार १८:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मतदाता नामावलीको त्रुटि सबै निर्वाचन कार्यालयबाट सच्याउन सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण ९ सोमबार १८:२६:oo

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटि सबै निर्वाचन कार्यालयबाट सच्याउन सकिने व्यवस्था मिलाएको छ। आयोगको फागुन ५ गतेको निर्णयअनुसार यस्तो व्यवस्था गरिएको सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए।
यसअघि मतदाता नामावलीमा भएको विवरणमा कुनै त्रुटि भएको भए सोलाई सच्याउन सम्बन्धित निर्वाचन कार्यालयमा भौतिक रूपमा उपस्थित भई तोकिएको फाराम भरी निवेदन दिनुपर्ने व्यवस्था थियो। 

आयोगले त्रुटि सच्याउन इमेल, फ्याक्सबाट समेत निवेदन लिन सकिने गरी सबै निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। यस्तै हराएको मतदाता परिचयपत्र बनाउन फागुन २० गतेसम्म निवेदन दिन सकिने आयोगले जनाएको छ।
मतदाता परिचयपत्र नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिनुपर्नेछ। 
 

ad
ad
ad
ad