मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
किरण दहाल काठमाडौैं
२०७८ फाल्गुण ८ आइतबार १३:१९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा एमसिसी टेबुल गर्ने विषयमा माओवादी सांसदको लिखित असहमति

Read Time : < 1 मिनेट
किरण दहाल, काठमाडौैं
२०७८ फाल्गुण ८ आइतबार १३:१९:००

अमेरिकी सहयोग परियोजना एमसिसी संसदमा टेबुल गर्ने विषयमा नेकपा माओवादी केन्द्रका सांसदहरूले असहमति राखेका छन्। आज बसेको कार्यव्यवस्था समितिमा माओवादी सांसदहरूले लिखित असहमति राखेका हुन्। 

माओवादी सांसद देव गुरुङ, रेखा शर्मा र जययुरी घर्तीले लिखित असहमति प्रकट गरेका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा एमसिसी र लोकसेवा आयोग विधेयक पेस गर्ने तयारी छ। आज बिहान शीर्ष नेताहरूको बैठकमा एमसिसी सदनमा लैजाने र त्यहीँ छलफल गर्ने समझदारी बनेको थियो। 

‘राष्ट्रिय सहमति कायम नभएको, संशोधन र परिमार्जनको कुनै सुनिश्चितता पनि नभएको र संसद् अवरुद्ध नै रहेकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदमा टेबुल गर्ने विषयमा हाम्रो गम्भीर असहमति रहेको व्यहोरा अनुरोध गर्दछौँ,’ बैठकमा माओवादीले राखेको लिखित असहमतिमा भनिएको छ।