१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ८ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o७८ फाल्गुण ८ आइतबार o७:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

नेपालमा संक्रमणदर ४ प्रतिशतमा, ६० प्रतिशत जनसंख्यामा पूर्ण खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७८ फाल्गुण ८ आइतबार o७:५८:oo

कुल जनसंख्याको ६० प्रतिशत नागरिकले कोभिडविरुद्धको पूर्ण खोप लगाएका छन् । शनिबारको विवरणअनुसार देशभर कुल जनसंख्याको ६०.४ प्रतिशत अर्थात् एक करोड ७६ लाख ४० हजार पाँच सय २९ जनाले कोभिडविरुद्धको पूर्ण खोप लगाएका हुन् । यस्तै, ७३.१ प्रतिशतले खोपको एक मात्रा लगाएका छन् । यसबाहेक वयस्कमा ७६.८ प्रतिशतले र पाँच वर्षदेखि १८ वर्ष उमेर समूहमा ४४ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार मात्रै सात लाख ६९ हजार पाँच सय ७६ डोज खोप प्रयोगमा आएको छ । 

नेपालमा कोभिड संक्रमणदर घटेर ४.९३ प्रतिशत पुगेको छ । शनिबार सात हजार ९६ जनामा परीक्षण गर्दा तीन सय ५० जनामा संक्रमण देखिएको छ । संक्रमण नियमित ओरालो लागेको छ भने अर्को भेरियन्ट नआएमा कोभिड संक्रमणदर छोटो समयमा शून्यमा झर्ने अनुमान गरिएको छ । केही दिनयता अस्पताल भर्ना संख्यासमेत नियमित घट्दै गएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल पाँच सय २९ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये एक सय ४२ जना आइसियू र १७ जना भेन्टिलेटरमा उपचाररत छन् । कोभिड संक्रमणका कारण मात्रै अस्पतालसम्म पुग्ने संख्या लगभग शून्यमा झरेको चिकित्सकहरूले जनाएका छन् । संक्रमण पुष्टि भएर अस्पताल भर्ना भएका अधिकांश बिरामी कुनै न कुनै किसिमका दीर्घरोगी छन् । यस्तै, वृद्धवृद्धा र दीर्घरोगीमा अझैसम्म संक्रमणको जोखिम कायम रहेकाले बेवास्ता नगर्न चिकित्सकहरूले सुझाव दिँदै आएका छन् ।  

पाँच वर्षमुनिका बालबालिकाका लागि खोप प्रभावकारी देखिएन
खोपको पहुँचमा रहेका उमेर समूहमा कोभिड संक्रमणको जोखिम न्यून हुँदै गए पनि पाँच वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम भने उच्च रहेको विभिन्न अध्ययनले देखाएका छन् । ६ महिनादेखि चार वर्षसम्मका बालबालिकालाई लक्षित गरी फाइजर र बायोटेक कम्पनीले परीक्षण गरिरहेको खोपसमेत प्रभावकारी नभएको जनाइएको छ । हालसम्म ट्रायल परीक्षण गरिरहेको खोपको दुईवटा डोज बालबालिकामा प्रभावकारी नदेखिएको कम्पनीहरूले जनाएका छन् । उत्पादन कम्पनीहरूले अर्को थप डोज परीक्षणका लागि अझै दुई महिना लाग्ने बताएका छन् । 

ओमिक्रोनलाई लक्षित गरी छोटो समयमा तयार गरिएको खोप प्रभावकारी नदेखिएपछि अमेरिकी फुड एन्ड एडमिनेस्ट्रेसनले थप दुई महिना परीक्षणका लागि समय दिइएको जनाएको छ । ओमिक्रोन संक्रमण साना बालबालिकामा बढ्दै गएपछि २१ फेब्रुअरीसम्म नयाँ भ्याक्सिन प्रयोगमा ल्याउने तयारी गरिएको थियो । तर, प्राप्त डोज  प्रभावकारी नदेखिएको भन्दै थप परीक्षणका लागि समय लम्ब्याएको जनाइएको छ । एफडिएले विश्वभरिका अभिभावक खोपको तीव्र प्रतीक्षामा रहेको भन्दै निश्चित मापदण्ड तयार गरी समयमै खोप ल्याउन आग्रहसमेत गरेको छ । 

ad
ad
ad
ad