१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Saturday, 21 September, 2024
२o७८ फाल्गुण ४ बुधबार १८:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहिद लखन गाउँपालिकाका सात घरमा तोडफोड र चोरी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार १८:o८:oo

गोरखाको सहिदलखन गाउँपालिका– ९, नाम्जुङको हुक्का गाउँका सात घरमा तोडफोड र चोरी भएको छ । मंगलबार राति अपरिचित व्यक्तिले स्थानीय लीलाप्रसाद ढकालको घरबाट ४५ हजारबराबरको सुनको गहना, भरतमानसिंह बस्नेतको घरबाट १५ हजारबराबरको मदिरा र चुरोट, नारायणदत्त ढकालको घरबाट १५ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

त्यस्तै, सोही ठाउँका नानीमाया लामिछाने, ईश्वरप्रसाद लामिछाने, तेजप्रसाद लामिछाने, गुञ्जकुमारी लामिछानेको घरको ताल्चा फुटाएकोे प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए । यी घरबाट भने धनमाल चोरी भएका छैनन् । सोही ठाउँका जनशक्ति माविको प्रधानाध्यापकको कार्यकक्षको ताल्चा पनि फुटाइएको उनले बताए । 

केही दिनअघि भीमसेन थापा गाउँपालिका– ८ को जागेश्वर माविमा पनि तोडफोड भएको वडाध्यक्ष वासु थापाले बताए। तोडफोड र चोरीमा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।