१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण ४ बुधबार
  • Monday, 01 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७८ फाल्गुण ४ बुधबार १६:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी संसदबाट पास गर्न हुँदैन : नेता रावल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ फाल्गुण ४ बुधबार १६:३६:oo

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता तथा सांसद भीम रावलले एमसिसी सम्झौता राष्ट्रघाती भएकाले संसदबाट पास गर्न नहुने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सांसद रावलले यस्तो बताएका हुन् । सांसद रावलले एमसिसी सम्झौताको धारा ५ का उपधाराहरूमा अमेरिकाको वर्तमान कानुन र भविष्यको कानुन मान्नुपर्ने लेखेको र एमसिसीलाई सन्तुष्ट हुने गरी भारतको सहमति लिएर योजना छान्नुपर्ने कुरा रहेकाले एमसिसी राष्ट्रघाती हुनुका साथै नेपालको स्वाधीनता र स्वाभिमानविरोधी भएको बताएका हुन् । 

‘सम्झौताको धारा ५ मा धेरै उपधाराहरू छन् । अमेरिकाको वर्तमान कानुन र भविष्यको कानुन मान्नुपर्ने लेखेको छ । त्यसको अनुसूची ५ मा एमसिसीलाई सन्तुष्ट हुने गरी भारतको सहमति लिएर योजना छान्नुपर्ने लेखेको छ । अहिले भर्खरै एमसिए नेपालले विभिन्न मन्त्रालयहरूसँग सम्झौता गरेको छ,’ सांसद रावलले भने, ‘जब कि एमसिए नेपाल भनेको अर्थ मन्त्रालयअन्तर्गतको विकास समितिअन्तर्गतको सानो कार्यालय भनेको छ । त्यो कार्यालयले मन्त्रालयलाई नियन्त्रण गर्ने सम्झौता गराउने कुन कानुन हो ? दफा ५ र ६ मा अमेरिकाको राष्ट्रिय सुरक्षा स्वार्थभन्दा विपरीत कुनै पनि काम गर्न नपाइने कुरा छ भने अर्को कुरा यो कम्प्याक्ट र यस सम्झौतासँग नमिल्ने गरी कसैसँग पनि कुनै काम गर्न नपाइनेछ । यो कुरा कुनै देशसँग नभई  हाम्रो देशको परराष्ट्र नीति, स्वाधीनता, स्वाभिमानँग सम्बन्धित छ ।’


सांसद रावलले एमसिए नेपालले विभिन्न मन्त्रालयहरूसँग सम्झौता गर्न उचित नहुने पनि बताए । 

ad
ad
ad
ad