मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ फाल्गुण ४ बुधबार १०:३९:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा गोमन सर्प 

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण ४ बुधबार १०:३९:००

सुबाेध आचार्य विगत केही वर्षदेखि सर्प संरक्षणमा जुटेका छन् । काठमाडौं आसपासका विभिन्न ठाउँबाट सुबाेधले अहिलेसम्म १० वटा सर्पको संरक्षण गरेका छन् । बुधबार बिहान पनि उनले दक्षिणकालीस्थित वडा नम्बर ८ मा दुईदेखि तीन फिट लामो राजगोमन सर्प फेला पारे ।  

राजगोमन विशेषगरी दक्षिण एसियामा पाइन्छ भने नेपालको ४२ जिल्लामा देखिएको छ ।  राजगोमन स्वभावमा धेरै लजालु हुन्छ । नेपाल राजगोमनको प्राकृतिक वासस्थान पनि हो। राजगोमनले आफ्नो गुँड जमिनभन्दा साढे दुई फिट तल बनाउने गर्छ  ।  युरोपका मानिसले विभिन्न प्रजातिका सर्पहरू धेरै मात्रामा किनबेच गर्ने गर्दछन् । वन डिभिजन कार्यालय र सर्प अनुसन्धानकर्ता कमलदेवको अनुमतिमा  फेला परेको राजगोमनलाई सुबाेधले  दक्षिणकालीस्थित हात्तीवनमा संरक्षण गरेका छन् ।