प्रहरीले २० बोतल लागुऔषध ओमिरेक्ससहित दु्ईजनालाई पक्राउ गरेको छ। मकवानपुरको हेटौँडा उपमहानगरपालिका–४ स्थित पासा चटामरी हाउसमा लुकाइछिपाई राखेको अवस्थामा ओमिरेक्सको १०० मिलिलिटरका २० बोतल र २० ग्राम लागुऔषध गाँजासहित दुईजनालाई पक्राउ गरेको मकवानपुर प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय नमोरत्न मानन्धर र सोही नगरपालिका–८ बस्ने १८ वर्षीय अभिषेक मोक्तान रहेका छन् ।
पक्राउ पर्नेहरूलाई मकवानपुर जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।