मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २९ शनिबार १६:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार १६:o४:oo

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ। संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र सोही संस्थाका लागि उक्त मुलुकका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका छन्।

दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउनेसम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गरेका न्यूयोर्कस्थित राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले शनिबार जानकारी दिएको छ।

त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बुहपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसङ्घीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार आदान–प्रदान गरेका थिए।

प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टे दक्षिणपूर्व एशियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो। १३ लाख ७० हजार जनसङ्ख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसङ्घको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो। नेपाल र टिमोर–लेस्टे असंलग्न आन्दोलनका सदस्य राष्ट्र हुन्। रासस