१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २९ शनिबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २९ शनिबार o६:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ प्रिन्ट संस्करण

निजी डेरीले दूधको मूल्य लिटरमा १० रुपैयाँ बढाए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २९ शनिबार o६:२o:oo

दुग्ध विकास संस्थान (डिडिसी)ले निर्धारण गर्दै आएको मूल्यमा दूध तथा दूधजन्य पदार्थ बिक्री गर्दै आएका निजी डेरीले यसपटक बढी मूल्य निर्धारण गरेका छन् । डिडिसीले ४ प्रतिशत चिल्लो पदार्थ र ८ एकाइ ठोस पदार्थ (एसएनएफ) भएको दूधको उपभोक्ता मूल्य नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ प्रतिलिटर निर्धारण गरेको थियो । यसरी बढेको मूल्यमा ६.८१ रुपैयाँ किसानले र २.१९ रुपैयाँ उद्योगले पाउने गरी अनुपात मिलाइएको छ ।

जसकारण किसानले शुक्रबारदेखि दूध बिक्री गर्दा साबिकमा पाइरहेको ४९.५२ रुपैयाँ प्रतिलिटरमा ६.८१ रुपैयाँ थपिएर ५६.०४ रुपैयाँ पाउन थालेका छन् । डिडिसी तथा निजी डेरीले किसानबाट खरिद गर्ने दूधको मूल्यमा साबिकको भन्दा ६.८१ रुपैयाँ वृद्धि गर्ने गरी १७ माघको मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । प्रतिलिटर किसानलाई दिनुपर्ने दूधको मूल्य ६.८१ रुपैयाँ बढेका कारण उपभोक्ता मूल्य १० रुपैयाँ बढाउनैपर्ने दबाबमा रहेका उद्योगीको जिकिर छ । 

डेरी उद्योग संघ र डेरी एसोसिएसनले शुक्रबार संयुक्त पत्रकार सम्मेलन गर्दै ४ प्रतिशत चिल्लो पदार्थ र ८ इकाइ एसएनएफ भएको दूधको मूल्य ७६ रुपैयाँ प्रतिलिटरबाट बढाएर ८६ रुपैयाँ पुर्‍याएको जनाएको छ । 

ad
ad
ad
ad