१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Saturday, 28 September, 2024
२o७८ माघ २८ शुक्रबार १८:३२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी– २० क्रिकेट सिरिज  : ओमानद्वारा  नेपाललाई जितका लागि १३६ रनको लक्ष्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १८:३२:oo

चारदेशीय टी– २० क्रिकेट सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा ओमानले नेपाललाई जितका लागि १३६ रनको विजयी लक्ष्य दिएको छ। ओमानको अल अमेरात क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन जोड्यो ।

ओमानका लागि जिसन मक्सुदले अविजित ४३ रनको योगदान दिए भने मोहम्मद नदिमले ३१ रनको योगदान गरे । त्यसै जतिन्दर सिंहले १३, आयान खानले ११ तथा कस्यप प्रजापतिले ११ रन जोडे । 

बलिङतर्फ नेपालका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने, कमल ऐरी र आरिफ शेखले एक/एक विकेट हात पारे । आइसिसी टी २० विश्वकप ग्लोबल छनोट खेल्नुअघि नेपालले चार देश सम्मिलित टी–२० सिरिज खेल्न लागेको हो । नेपाल अहिले जवाफी व्याटिङमा छ । 

नेपालले पाँच ओभरको खेल सकिँदा दुई विकेट गुमाएर ३० रन बनाएको छ ।