१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २८ शुक्रबार
  • Sunday, 29 September, 2024
२o७८ माघ २८ शुक्रबार १३:o६:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिममा गठबन्धन आवश्यक छैन : मन्त्री सोडारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २८ शुक्रबार १३:o६:oo

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले सुदूरपश्चिम प्रदेशमा गठबन्धन आवश्यक नरहेको बताएका छन्। आज बाजुरा पुगेका मन्त्री सोडारीले पत्रकार सम्मेलनमार्फत सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी)को बहुमत रहेको भन्दै सरकार संचालनमा कांग्रेस वा अन्य दल आवश्यक नरहेको बताए।

मन्त्री सोडारीले केन्द्रको गठबन्धनले प्रदेश सरकारमा कुनै असर नपार्ने भन्दै प्रदेशमा कांग्रेस प्रतिपक्षमै रहने जिकिर गरे। एकीकृत समाजवादीका केन्द्रीय सदस्यसमेत  रहेका सोडारीले केपी ओलीले गरेको निरंकुशवाद र अराजकताका विरुद्धमा सुदूरपश्चिम प्रदेशका नाैवटै जिल्लामा संगठन विस्तार  गर्नका लागि पार्टी निरन्तर लागिरहेको बताए।

प्रदेश सरकारले सबै जिल्लामा न्यायिक रूपमा विकास निर्माणका कार्यलाई तीव्रता दिँदै जाने बताउँदै उनले विकास निर्माणका कार्यमा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरे।