मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २५ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ २५ मंगलबार १५:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले कारबाही गरेका सांसदलाई नहटाए सदनमा विरोध जारी रहन्छ : सांसद बस्नेत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ २५ मंगलबार १५:o३:oo

नेकपा (एमाले)का सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले सभामुखलाई महाभियोग लगाउने परिस्थिति सिर्जना हुन सक्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सांसद बस्नेतले सभामुख अग्निप्रसाद सापकोटालाई महाभियोग लगाउने परिस्थितप सिर्जना हुन सक्ने बताएका हुन्।

एमालेमा सयजना सांसद महाभियोग लगाउने कुरामा स्ट्यान्डबाई रहेको भन्दै उनले पार्टीले पहल गरे सभामुखलाई महाभियोग लगाउन सकिने टिप्पणी गरे। सांसद बस्नेतले संसदमा एमसिसीको विषय प्रवेश हुने सूचना पाएको भन्दै सभामुखले व्यवस्थित ढंगले सदन सुचारु नगरे र एमालेले कारबाही गरेका १४ सांसदलाई नहटाए विरोध जारी रहने बताए।

‘सदनमा एमसिसी विषयले प्रवेश पाउने खालको स्थिति देखिँदै छ। कार्यव्यवस्था समितिको बैठक डाकेर एमसिसीको सदनभित्र कसरी छलफल र प्रवेश गराउने भन्ने विषयमा सभामुखज्यूले पहल लिँदै हुनुहुन्छ भन्ने कुरा हामीले सुन्न पाएका छौँ। म सभामुखज्यूलाई फेरि पनि अनुरोध गर्न चाहन्छु, विद्यमान ऐन, कानुनलाई सम्मान गर्नु उहाँको धर्म हो र उहाँ प्रतिनिधिसभाको अभिभावकको हिसाबले भूमिका खेल्नुपर्छ। दलहरूको बीचमा पक्षपातपूर्ण व्यवहार गर्नुहुँदैन,’ सांसद बस्नेतले भने ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसिसीलाई लेखेको पत्र राज्य शक्तिको दुरुपयोग भएको बताए। प्रचण्डले एमसिसीबारे दोहोरो चरित्र देखाएको आरोप लगाउँदै उनले यसले अन्तर्राष्ट्रियस्तरमा नेपालको कूटनीतिक क्षमतामाथि प्रश्न उठेको टिप्पणी गरे।