१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका महेन्द्रनगर
२o८१ बैशाख २० बिहीबार o८:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

दुई महिनादेखि खुलेन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाइएको ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:१९:oo

झन्डै दुई महिनादेखि कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालयको कामकाज ठप्प छ । विश्वविद्यालयमा रिक्त डिन, सहायक डिन, निर्देशक, सहायक परीक्षा नियन्त्रकलगायतका पदको नियुक्तिप्रति असन्तुष्ट भएका विद्यार्थी संगठनले गत पुसमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका थिए ।

महिनौँ लामो तालाबन्दीका कारण विश्वविद्यालयको नीतिगत, आर्थिकलगायतका काम प्रभावित बने पनि तालाबन्दी खुलाउने विषयमा पहल भएको देखिँदैन । विश्वविद्यालय केन्द्रीय कार्यालयका लेखा प्रमुख अशोक भण्डारीले तालाबन्दीका कारण केन्द्रीय कार्यालयको कामकाज ठप्प भएको बताए । 

‘कार्यकारी परिषद्ले आफ्नो अधिकार प्रयोग गरी रिक्त पदमा नियुक्ति दिएका हो,’ उनले भने, ‘विद्यार्थी संगठनले असन्तुष्टि जनाउँदै तालाबन्दी गरे ।’ उनले विश्वविद्यालयका क्याम्पसको अध्ययन–अध्यापन भने सञ्चालनमै रहेको बताए । 

ad
ad