१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २४ सोमबार
  • Wednesday, 26 June, 2024
२o७८ माघ २४ सोमबार १४:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

चार लाख मूल्यबराबरका गुणस्तरहीन खाद्यवस्तु नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २४ सोमबार १४:३१:oo

सुर्खेतस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले करिब चार लाख रुपैयाँ मूल्यबराबरको गुणस्तरहीन खाद्यवस्तु जफत गरी नष्ट गरेको छ। चालू आर्थिक वर्षको अर्धवार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गर्दै कार्यालयले त्यस अवधिमा खाद्य उद्योग, होटेल, पसल, दाना उद्योगलगायतमा तीन सय ६८ पटक अनुगमन गरेको जनाएको छ। 

कार्यालयका प्रमुख भेषबहादुर थापाले नियमित बजार अनुगमन तथा  खाद्यवस्तुको गुणस्तरबारे सचेतना र गुणस्तर मापनको काम भइरहेको बताए। कोरोना महामारीका वेला हुन सक्ने कालोबजारी नियन्त्रणका लागि बजार अनुगमन बढाइएको उनको भनाइ थियो। ‘गुणस्तर मापनका लागि पछिल्लो समय दैनिक उपभोग्य वस्तुका नमुना परीक्षणसमेत बढाइएको छ,’ प्रमख थापाले भने, ‘दैनिक उपभोग्य वस्तुमा कैफियत भेटिन थालेपछि अनुगमन गरी कारबाहीका लागि सिफारिस गर्ने गरेका छौँ, १२ वटा मुद्दा अदालतमा पुगेकामा केहीको फैसलासमेत भइसकेका र केही प्रक्रियामै छन्।’

कार्यालयले चालू आर्थिक वर्षको हालसम्म खाद्य उद्योगहरूमा १३ पटक अनुगमन, अन्य ४५ उद्योगमा निरीक्षण र  खाद्य पसल, सुपरमार्केट, रेस्टुरेन्ट तथा मिठाइ पसलमा गरी दुई सय ६८ पटक अनुगमन, दाना उद्योगमा दुईपटक अनुगमन गरिएको जनाएको छ। 

त्यस्तै, होटेल व्यवसायीलाई होटेल स्तरीकरणसम्बन्धी  सचेतना अभिमुखीकरण दिनुका साथै होटेल, रेस्टुरेन्टहरूलाई स्तरीकरण गरी लोगो वितरण गरिएको थियो। होटेलहरूलाई अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्यमा वर्गीकरण गरिएको छ। कार्यालय प्रमुख थापाका अनुसार सुर्खेतमा १३ वटा होटेल मात्र वर्गीकरणमा परेका छन्। रासस

ad
ad
ad
ad