Skip This
गोरखाका छ पालिकालाई तीन करोड विद्युत् रोयल्टी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २१ शुक्रबार
  • Thursday, 19 September, 2024
२o७८ माघ २१ शुक्रबार १९:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

गोरखाका छ पालिकालाई तीन करोड विद्युत् रोयल्टी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ २१ शुक्रबार १९:५४:oo

गोरखाका छ पालिकाले विद्युत् रोयल्टीबापत तीन करोड रुपैयाँ पाएका छन् ।आर्थिक वर्ष ०७७/७८ मा विद्युत् रोयल्टीबापत तीन करोड पाँच लाख ९५ हजार रोयल्टी पाएका हुन् । महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत वर्षमा सबैभन्दा धेरै विद्युत् रोयल्टी  गोरखा नगरपालिकाले एक करोड ४७ लाख ६६ हजार छ सय ७० रुपैयाँ पाएको छ ।

पालुङटार नगरपालिका एक करोड आठ लाख २३ हजार तीन सय ३१ रुपैयाँ पाएको महालेखा नियन्त्रक कार्यालय अन्तरसरकारी वित्त समन्वय शाखाका पुष्कर पौडेलले जानकारी दिए । उनका अनुसार अजिरकोट गाउँपालिका सात लाख तीन हजार तीन सय ५३ रुपैयाँ, बारपाक सुकिकाेट गाउँपालिकाले पाँच लाख आठ हजार ७ सय ८४ रुपैयाँ पाएका छन् । त्यस्तै, सिरानचोक गाउँपालिकाले ६७ हजार सात सय ८५ रुपैयाँ र सहिद लखन गाउँपालिकाले ३७ लाख २५ हजार एक सय १० रुपैयाँ रोयल्टी पाएको पौडेलले जानकारी दिए ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐनले प्राकृतिक स्रोतको रोयल्टीको बाँडफाँड गर्दा संकलित रकममध्ये ५० प्रतिशत संघ तथा प्रदेश र स्थानीय तहलाई २५/२५ प्रतिशत दिने व्यवस्था गरेको छ । गण्डकी प्रदेशले २२ करोड ८५ लाख १९ हजार पाएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।