Skip This
राष्ट्रिय दिवस कन्सर्टका लागि दुई दिनदेखि दरबारमार्ग सडक बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ३ बिहीबार
  • Thursday, 19 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज ३ बिहीबार o७:१२:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

राष्ट्रिय दिवस कन्सर्टका लागि दुई दिनदेखि दरबारमार्ग सडक बन्द

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज ३ बिहीबार o७:१२:oo

कन्सर्ट बिहीबार ४ बजेदेखि सुरु हुने भए पनि मंगलबार साँझदेखि नै दरबारमार्गमा सवारी प्रवेशमा रोक

राष्ट्रिय एकताका लागि भन्दै सरकारले बिहीबार गर्न लागेको कन्सर्टको तयारीका लागि दुई दिनअघिदेखि नै दरबारमार्गको मुख्य सडक बन्द गरेको छ । जसका कारण उपत्यकाका मुख्य सडक सवारी जामले अस्तव्यस्त बनेको छ । 

नयाँ पुस्तालाई राष्ट्रिय एकतामा जोड्ने भन्दै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा सरकारले दरबारमार्गमा कन्सर्ट आयोजना गर्न लागेको हो । कन्सर्ट बिहीबार ४ बजेदेखि सुरु हुने भए पनि मंगलबार साँझदेखि नै दरबारमार्गमा सवारी प्रवेशमा रोक लगाइएको थियो । स्टेज निर्माणका लागि मुख्य सडक बन्द गर्दा त्यसको चाप सहरका अन्य क्षेत्रमा समेत पर्दा बुधबार दिनभरजस्तो उपत्यकाका मुख्य सडक अस्तव्यस्त बन्न पुगे । कतिसम्म भने एक किलोमिटर सडक पार गर्न एक घण्टासम्म लागेको थियो ।

दुई दिनदेखि सडक बन्द गरेर कन्सर्टको तयारी गरी दुःख दिएकोमा सर्वसाधारणले सडकदेखि सामाजिक सञ्जालमा समेत आक्रोश व्यक्त गरेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काले मुख्य सडकमै स्टेज बनाउन लागेकाले सडक बन्द गर्नुपरेको बताए ।

‘दरबारमार्गको सडक बन्द हुँदा पुतलीसडक, जमल र नक्साल एरियामा चाप परेको छ,’ उनले भने, ‘दरबारमार्गबाट कमलादी जाने सडक पनि भत्किएर बन्द भएकाले थप समस्या भएको हो ।’ दरबारमार्गका व्यवसायीले समेत दुई दिनसम्म सडक बन्द गरेकोमा असन्तुष्टि पोखेका छन् । स्टेज बनाउन प्रहरीले केशरमहलदेखि महेन्द्र सालिकसम्मकै सडक बन्द गर्दा त्यो क्षेत्रका व्यवसायी समेत प्रभावित बनेका थिए । 

गृह मन्त्रालयका एक अधिकारीका अनुसार नयाँ पुस्तालाई राष्ट्रिय एकतामा जोड्ने उद्देश्यले पहिलोपटक यस्तो कन्सर्ट गर्न लागिएको हो । तर, ढंग नपुग्दा सर्वसाधारणले दुःख पाएर सरकारलाई गाली गरिरहेका छन् । विगतमा दरबारमार्गमा कन्सर्ट आयोजना हुँदा अघिल्लो दिन बेलुका मात्रै सडक बन्द गरिन्थ्यो ।

तर, यसपटक दुई दिनअघिदेखि नै बन्द गर्दा सडक अस्तव्यस्त बन्न पुगेको हो । उक्त कन्सर्टका लागि प्रधानमन्त्री कार्यालयले सचिव कृष्णहरि पुष्करलाई संयोजनको जिम्मेवारी दिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओलीको निर्देशनमा कन्सर्ट हुन लागेको हो । प्रधानमन्त्री कार्यालयबाटै खर्च गर्ने गरी कार्यक्रम हुन लागेको हो ।