मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १६ आइतबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका सोलुखुम्बु
२o७८ माघ १६ आइतबार १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हाइड्रोपावरको सुरुङमा बेपत्ता मजदुर तीन दिनपछि मृत भेटिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o७८ माघ १६ आइतबार १७:३२:oo

सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावट क्षमताको दूधकोसी हाइड्रोपावरको सुरुङमा बेपत्ता मजदुर मृत अवस्थामा फेला परेका छन्। थुलुङ दुधकोसी गाउँपालिका–३ स्थित पन्चनमा निर्माणाधीन हाइड्रोपावरमा सुरुङभित्र पाइप लैजाने क्रममा भएको दुर्घटनामा हराएका मजदुर तीन दिनपछि मृत भेटिएका हुन्।

माघ १३ गते सुरुङभित्र पाइप लैजाने क्रममा स्काभेटर भाँचिएर दुर्घटना हुँदा बाराका २४ वर्षीय राकेश चौधरी बेपत्ता भएका थिए। शनिबार दिउँसो सुरक्षाकर्मीको टोलीले सुरुङभित्र मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए। उनको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु लगिएको छ।

दुर्घटनामा घाइते भएका पर्सा जिल्ला पटेरवा गाउँपालिका–४ का २० वर्षीय आंगत रायको ग्रान्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।