मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ माघ २३ बुधबार २३:२६:oo
Read Time : < 1 मिनेट
समाचार

बालेनले गरे सामाजिक सञ्जालसम्बन्धी विधेयकको सांकेतिक विरोध, ‘मलाई बोल्न दे सरकार...’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार २३:२६:oo

काठमाडौं महानगरपालिका मेयर बालेन शाह सरकारले हालै संसदमा दर्ता गराएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विपक्षमा उभिएका छन्। सरकारले सामाजिक सञ्जाल नियमनभन्दा पनि अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी विधेयक अगाडि बढाएको भन्दै आलोचना भइरहेका बेला मेयर शाहले पनि सांकेतिक विरोध जनाएका हुन्। 

शाहले बुधबार ‘बलिदान’ एल्बमको गीतको ‘मलाई बोल्न दे सरकार..., अपराध होइन मन खोल्न दे...’ अंश फेसबुकमा राखेका हुन्। ०७९ को चुनावमा शाहले सोही एल्बमको ‘गरिबको चमेलीको बोल्दिने कोही छैन...’ अंश समेत गाएका थिए, जुन निकै चर्चामा आएको थियो।

तर, मेयर पदमा बहाल रहेका बेला उनले फेरी गीतको अंश फेसबुकमा राखेपछि नयाँ पत्रिकाले शाहको सचिवालयसँग सम्पर्क गरेको थियो। सामाजिक सञ्जालसम्बन्धी विधेयकले वाक स्वतन्त्रता हनन् गर्ने देखिएपछि सांकेतिक विरोधस्वरुप गीतको अंश सेयर गरिएको उनका सचिवालयका एक सदस्यले बताए। ‘०७९ को चुनावमा पनि मेयरसापले गाउँदा निकै चर्चामा आएको थियो, यो गीतले वर्तमान पनि बोलेको छ,’ ती सदस्यले भने।