मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
२o८१ माघ २३ बुधबार २१:१२:oo
Read Time : < 1 मिनेट
प्रदेश

पार्टी नेतृत्वको आलोचना गरेको भन्दै एमालेले गर्‍यो घोराही उपमहानगर–८ का वडाध्यक्षलाई निष्कासन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार २१:१२:oo

एमाले दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जितेन्द्र शाहलाई कारबाही गरेको छ। पार्टी र नेतृत्वका विरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको भन्दै उनलाई कारबाही गरिएको हो। शाहलाई एमाले दाङको बुधबारको बैठकले  साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको हो।

पटक-पटक सचेत गराउँदा पनि सुधार भएपछि कारबाही गरेको एमाले दाङका सचिव श्याम डाँगीले बताए। उनी एमालेबाट निर्वाचित वडाध्यक्ष हुन्।