मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २३ बुधबार
  • Wednesday, 05 February, 2025
तिवारी यादव वीरगन्ज
२o८१ माघ २३ बुधबार २२:३७:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

तस्करीका ५७ लाखका सामान बरामद

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २३ बुधबार २२:३७:oo

पर्सा प्रहरीले विभिन्न स्थानहरूबाट भन्सार छली चोरीपैठारी गरी ल्याएका विभिन्न किसिमका इलेक्ट्रोनिक्स, खुद्रा, खाद्यान्न, सूर्ती, चप्पल लगायतकामाल सामान बरामद गरेको छ ।

मंगलबार बरामद भएका मालसमान अन्दाजी ५६ लाख ४६ हजार ४ सय २९ रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको हो ।

पर्सा प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर, इलाका प्रहरी कार्यालय लंगडी, प्रहरी चौकी सिर्सियाले सामान बरामद गरेका हुन् ।

५७ लाख बराबरका सामान बरामद गरेको भएपनि सामान ल्याउने पक्राउ परे नपरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता किशोर लम्सालको बिज्ञप्तिमा केहीउल्लेख छैन । बरामद सामान कुन ब्यापारीको हो त्यो समेत नखुलाइएको अवस्था छ ।

यसअघि माघ १४ गते सशस्त्र प्रहरीले मदन गुप्ता रुन्चेको गोदामबाट ५० लाख रुपैयाँभन्दा बढीको तस्करीको कपडा र हार्डवेयको सामान बरामद गरेको थियो ।

प्रस्तावित सीमा सुरक्षा गुल्मका इन्चार्ज डीएसपी लोकेन्द्र सुब्बाको टोलीले रुन्चेको गोदामबाट सामान बरामद गरेको थियो ।

तर वीरगन्ज भन्सार कार्यालयमा सामान दाखिला गर्दा उक्त सामान कहाँबाट र कुन ब्यक्तिको गोदामबाट बरामद भएको भनी उल्लेख नगरी रुन्चेलाई उन्मुक्ति दिइएको थियो ।

गुप्ताको गोदाममा छापामार्दा साक्षीको रुपमाभन्सार कार्यालयका नायबसुब्बा सन्दीप पराजुलीसहित ४ जनाउपस्थितथिए । तर भन्सार दाखिला गर्दा कसको गोदामबाट बरामद भएको हो भन्ने उल्लेख नै नगरी तस्कर गुप्तालाई जोगाउने काम भएको स्रोतको दावि छ ।

स्रोतकाअनुसार उनलाई जोगाउनवीरगन्जभन्सारकार्यालयकाप्रमुखभन्सार अधिकृतले नै सहजिकरण गरेका थिए ।

भन्सार अस्तव्यस्त छन

एमालेका सांसद पदमगिरीले सिमानाकामा रहेका भन्सारमा सेटिङ हुँदा राजश्वलक्ष्यअनुसार नउठेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा सांसद गिरीले भन्सारमाकार्यरत सरकारी अधिकारीहरू सेटिङमा संलग्नभएको उनको आरोप थियो । भन्सारलाई लिएर उठ्दै आएकाप्रश्नको जवाफभने कहिल्यै नआएको उनले बताए ।

उनकाअनुसार पोकोमा सामानबोकेर आउने र जानेलाई भन्सारका कर्मचारीले खेदेजस्तो गर्ने तर सेटिङमा आउनेलाई नदेखे जस्तो गर्ने भएको छ । यस्तो गर्दाखेरि राजश्व सरकारको लक्ष्यअनुसार उठेको छैन,’भन्सार नाकाहरू अस्तव्यस्त रहेको पनिगिरीको भनाइथियो ।

सांसद जुलीमहतोले पनिभन्सारहरू अहिले अस्तव्यस्त रहेको बताइन् । समितिले स्थगलत अनुगमनपछि बसेको बैठकमा सांसद महतोले भन्सारको अवस्थादयनीय रहेको बताइन् ।

वीरगन्जको भन्सार तजबिजमाचलाएको देखियो । भन्सार कार्यालयहरू पूरै अस्तव्यस्त छन् । उनकाअनुसार भन्सारमाकुनै प्रविधिप्रयोग गरिएको देखिएन,राजश्व संकलनकालागि सरकारले दिएको लक्ष्यनजिक–नजिकपुगेर पुरा भएको जस्तो देखाईएको छ । ’