मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १४ शुक्रबार १३:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीलाई संकेत गर्दै कांग्रेस महामन्त्री शर्माले भने– संक्रमण हुँदा मापदण्ड पालना नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार १३:४१:oo

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कोरोना संक्रमणको समयमा मापदण्ड पालना नगर्नु गैरजिम्मेवारीको पराकाष्ठा र कानुनको उल्लंघन भएको बताएका छन्। केही दिनअघि कोरोना संक्रमणकै अवस्थामा सार्वजनिक कार्यक्रममा देखिएका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीलाई संकेत गर्दै शर्माले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्। 

‘संक्रमण पुष्टिपछि आइसोलेसनमा बस्नु हामी हरेकको जिम्मेवारी हो। पालना नगर्नु बहादुरी होइन, गैरजिम्मेवारीको पराकाष्ठा, कानुनको उल्लंघन र अन्य नागरिकको जीवनप्रति गम्भीर खेलबाडसमेत हो,’ शर्माले फेसबुकमा लेखेका छन्, ‘यही ज्ञान र विज्ञान आत्मसात् गरेर, संक्रमणपछि पूर्ण आइसोलेसनमा बसेर, बल्ल सांगठनिक काममा फर्केको छु।’