१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १४ शुक्रबार १३:१९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पूर्वमन्त्री आलमको मुद्दामा सुनुवाइ सुरु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार १३:१९:oo

सर्वोच्च अदालतमा पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ सुरु भएको छ। सर्वोच्चका अनुसार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भइरहेको छ। 

सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय कार्की र शर्माको संयुक्त इजलासमा सुनुवाइ तोकेको थियो। यसअघि उनको मुद्दाको सुनुवाइ तोकिए पनि सुनुवाइ रोकिँदै आएको थियो। 

आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योगसमेतमा मुद्दा चलिरहेको छ।

आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्।