मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ १४ शुक्रबार
  • Friday, 28 August, 2026
२o७८ माघ १४ शुक्रबार १२:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको डरले गठबन्धन सरकारले उपनिर्वाचन नगरेको प्रभु साहको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ १४ शुक्रबार १२:४९:oo

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री प्रभु साहले पाँचदलीय गठबन्धनले एमालेसँग डराएर उपनिर्वाचन नगराएको बताएका छन्। एमाले चन्द्रपुर नगर कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन्।

६ महिनामा गर्नुपर्ने उपचुनाव पद सकिएको एक वर्ष बितिसक्दासमेत नगराउनुको प्रमुख कारण गठबन्धनभित्रको हारको डर नै रहेको उनले दाबी गरे। राष्ट्रिय सभाको निर्वाचनले पनि गठबन्धनलाई एमालेसँग झस्काएको बताउँदै साहले समयमै स्थानीय तहको निर्वाचन गराउनुपर्नेमा जोड दिए। 

साहले राष्ट्रिय सभा चुनावमा एमालेले एक सिट जिते सन्न्यास लिने घोषणा गरेका माधव नेपालले अब कुन मुखले सक्रिय राजनीति गर्ने भन्दै प्रश्नसमेत गरेका छन्। 

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका पालामा सुरु भएका विकास निर्माणका काम यो सरकारले रोकेर विकासविरोधी काम गरेको उनको आरोप छ। पछिल्लो समय आफूसहितका नेताले पदबाट राजीनामा दिने भन्ने कुरा सञ्चारमाध्यममा आएको विषयमा साहले त्यो प्रतिक्रियावादीहरूको चाल भएको प्रतिक्रिया दिए। उनले एमालेलाई सिध्याउन अब कुनै पनि शक्तिले नसक्ने बताउँदै मधेस प्रदेश एमालेमय बन्ने दाबी गरे।