Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १४ शुक्रबार ०८:१०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

केयूको निर्देशन नोबेल मेडिकल र केएमसीले टेरेनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १४ शुक्रबार ०८:१०:००

काठमाडौं विश्वविद्यालयको निर्देशनलाई अटेरी गरी होस्टेल शुल्क चर्को नतिर्ने विद्यार्थीलाई नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजले पठनपाठनमा सहभागी गराएका छैनन् ।

११ माघमा काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क बुझाएका विद्यार्थीको रकम उनीहरूकै खातामा फिर्ता गर्ने र बाँकी सबै विद्यार्थीलाई पठनपाठनमा सहभागी गराउन निर्देशन दिएको थियो । तर, ती दुई कलेजले तोकेको होस्टेलको महँगो र पूरै शुल्क नतिरेसम्म प्रवेश नदिने अडान राखेको छ । 

केयूको निर्देशनपछि विद्यार्थीले केएमसीका प्रिन्सिपललाई भेटेर छलफल गरेका थिए । तर, प्रिन्सिपलले सुनील शर्मा बाहिर रहेको र आफूलाई होस्टेलको शुल्क नतिरी पढ्न दिने निर्णय गर्ने अधिकार नभएको बताएको एक विद्यार्थीले जानकारी दिए । एमबिबिएस, बिडिएसको पढाइ संवेदनशील भएकाले केही विद्यार्थी बाध्य भएर होस्टेलको पूरै शुल्कको कबुलियतनामा गरेर अध्ययनमा सहभागी भएका छन् ।

चिकित्सा शिक्षा आयोगले मेडिकल कलेजको होस्टेलमा बस्ने विषय बाध्यकारी नभएको र ऐच्छिक हुने निर्णय गरी सर्कुलर गरिसकेको छ । नोबेल र केएमसीका सञ्चालक सुनील शर्माले प्रधानमन्त्री शेरबहादुर देउवासँगको सम्बन्धलाई देखाएर चिकित्सा शिक्षा आयोग, काठमाडौं विश्वविद्यालय, शिक्षा मन्त्रालयलगायत कुनै पनि निकायको निर्णय र निर्देशन मानेका छैनन् । विभिन्न बैठकमा शर्माले मन्त्रीदेखि अन्य निकायका पदाधिकारीलाई चुनौती दिने गरेका छन् ।  

चिकित्सा शिक्षा आयोग उपाध्यक्षको गाडीमा तोडफोड
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरी चढ्ने गाडी तोडफोड भएको छ । उपाध्यक्ष गिरी निवासबाट कार्यालयतर्फ हिँडेको समयमा काठामाडौंको काँडाघारीमा बिहीबार बिहान ११ बजे आक्रमण गरेको आयोगका सदस्य—सचिव डा. भोजराज शर्मा काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

उपाध्यक्ष गिरी सवार गाडीमा ढुंगा प्रहार गरी जिउज्यानमाथि भौतिक आक्रमणको प्रयास भएको र गाडीमा व्यापक क्षति भएको उल्लेख छ । ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रावधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थामा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।