१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ १३ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १३ बिहीबार १३:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सुझाव लिएर यातायातको जोर–बिजोर हटाउने तयारीमा उपत्यकाका सिडिओ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १३ बिहीबार १३:३४:oo

सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली लागू गर्दा झन् भिडभाड बढेको गुनासो आएपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले त्यसतर्फ चासो देखाएका छन्। तीन जिल्लाका सिडिओहरूले अघिल्लो बुधबारदेखि जोर-बिजोर नियम लागू गराएका थिए। सार्वजनिक र निजी सेवा प्रदायक संघ–संस्था र कार्यालयहरू खुलिरहेको अवस्थामा सार्वजनिक तथा निजी यातायातमा जोर-बिजोर नियम लागू गरेपछि बस, माइक्रो, टेम्पोलगायतका सार्वजनिक यातायातमा अत्यधिक भिडभाड बढेको छ। सोही विषयलाई मध्यनजर गर्दै छलफलको तयारी भइरहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए। 

उनका अनुसार सिसिएमसिसी र स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरेर जोर-बिजोर हटाउने तयारी गरिएको छ। ‘हामीले भिडभाड कम गर्नका लागि जोर-बिजोर लागू गरेका हौँ, एक साता पनि भयो, तर सीमित यातायातका साधन गुड्दा झ्न बढी भिडभाड भयो, कि त  अन्य सेवा प्रदायक कार्यालयहरू पनि बन्द हुनुपर्दथ्यो,’ उनले भने, ‘यसलाई हामी आजभोलिमै सहज गराउने प्रयास गरिरहेका छौँ।’ उनले भक्तपुर र काठमाडौंका सिडिओसँग छलफल भइरहेको पनि जानकारी दिए।