मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०८० जेठ २७ शनिबार
  • Saturday, 10 June, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ १३ बिहीबार १३:१४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न मन्त्री दाहालको निर्देशन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ १३ बिहीबार १३:१४:००

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको अनुगमन गरेका छन्। बिहीबार यातायात कार्यालयको अनुगमन गर्दै मन्त्री दाहालले कार्यालयमा बिचौलियाहरूको प्रवेश रोक्न निर्देशन दिए।

यातायात सेवालाई चुस्त दुरुस्त ढंगबाट सञ्चालन गर्न सुधारका कामहरू अघि बढाउनुपर्ने उल्लेख गर्दै उनले मन्त्रालयले अब यातायात क्षेत्र सुधारका लागि कानुनी कामलाई पनि अघि बढाउने बताए। मन्त्री दाहालले यातायात कार्यालयमा रहेका विभिन्न समयदेखिका ठूला ढड्डाहरूलाई अनलाइनमा राख्न समस्या भइरहेको भन्दै त्यसलाई क्रमशः समाधान गर्दै लैजाने बताए।

‘सेवालाई कसरी चुस्त–दुरुस्त गर्ने भन्ने बारेमा पनि केही न केही सुधार गर्नुपर्छ। अर्को भनेको हिजोको हाम्रो काम गर्ने सिस्टम, ढड्डामा राख्ने सिस्टमले पनि हामीलाई कतिपय ठाउँमा असजिलो भएको छ,’ मन्त्री दाहालले भने, ‘अहिलेको अवस्था हाम्रो काम गर्ने शैलीहरू हिजोकै पुराना छन्। ढड्डा राख्ने पुरानै तरिकाहरू छन्। हामी अहिले सबै अनलाइन सिस्टमको विकास गर्ने भनेर अघि बढिरहेका छौँ। ठूला ढड्डाहरूलाई सधैँ सुरक्षित गर्न सकिँदैन। त्यसलाई सफ्टवेयरमा कम्प्युटरमा कसरी व्यवस्थापन गर्ने भन्ने कुराहरू पनि मुख्य समस्याको रूपमा रहेको छ। त्यसबारे हामी मन्त्रालयमा छलफल गरेर चाँडै निर्णय गर्नेछौँ।’

उनले यातायात कार्यालयमा लाइसेन्स नवीकरणको समस्या रहेको उल्लेख गर्दै यसलाई पनि समाधान गरेर अघि बढ्ने बताए।