१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
टेकराज थामी काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o८:५१:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

सिभिल सहकारी ठगी : पत्नी सिर्जनासहित २२ अभियुक्तविरुद्ध  ३५ दिने पक्राउ पुर्जी तामेलीको तयारी 

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५१:oo

प्रहरीले सिभिल सहकारी ठगीमा फरार प्रतिवादीविरुद्धको पक्राउ पुर्जी अभियुक्तकै घर–ठेगानामा तामेली गर्ने तयारी गरेको छ । काठमाडौं जिल्ला अदालतले दिएको समयसीमाभित्र प्रतिवादी पक्राउ नपरेपछि प्रहरीले अभियुक्तको घरमै पक्राउ पुर्जी तामेली गर्ने तयारी थालेको हो । 

अदालतले २९ पुसमा सहकारी ठगीमा संलग्न २२ अभियुक्तविरुद्ध सातदिने पक्राउ पुर्जी जारी गरेको थियो । त्यस अवधिमा पक्राउ नपरे अभियुक्तको घरमै पुगेर ३५ दिने पक्राउ पुर्जी तामेली गर्न अदालतको निर्देशन थियो । सोहीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ पुर्जी तामेलीको तयारी थालेको हो ।

अदालतले सहकारी ठगीमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वसांसद इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्यसहित २२ अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरिएका केशवकुमार अमात्य, डा. दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, इन्द्रराज हुमागाईं, खेमनाथ डल्लाकोटी, प्रवीण प्रधान रहेका छन् ।

सिआइबी प्रमुख डिआइजी धीरजप्रताप सिंहले अदालतको आदेशअनुसार फरार अभियुक्तको घर–ठेगानामै पक्राउ पुर्जी तामेली गर्न लागिएको बताए । उनले भने, ‘ठगीमा संलग्न अभियुक्तको खोजीकार्य जारी छ । केही अदालतमै पुगेर धरौटी रकम बुझाएपछि छुटेको सूचना प्राप्त भएको छ । केही फरार छन्, उनीहरूको घर–ठेगानामै पुगेर ३५ दिने पक्राउ पुर्जी तामलीको तयारी चल्दै छ ।’

अदालतले सहकारी ठगीमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वसांसद इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्यसहित २२ अभियुक्तविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी गरिएका केशवकुमार अमात्य, डा. दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, इन्द्रराज हुमागाईं, खेमनाथ डल्लाकोटी, प्रवीण प्रधान रहेका छन् । 

त्यस्तै, प्रवीण मुखिया, रामकृष्ण पौडेल, सुमननन्दन वैद्य, अष्टरत्न तुलाधर, दानहिरा तुलाधर, प्रकाशकुमार बर्मा, जीवनराज बज्राचार्यलाई सहकारी ठगीमा अदालतले पक्राउ पुर्जी जारी गरेको छ । त्यसबाहेक रञ्जना महर्जन, सुवासकुमार श्रेष्ठ, नगेन्द्र बिमली, कृष्णप्रसाद श्रेष्ठ, रामराज मास्के, हरिप्रसाद रिसाल, सुमन श्रेष्ठ र नारायणलाल श्रेष्ठलाई पनि अदालतले पक्राउ पुर्जी जारी गरेको छ । पुर्जी जारी गरिएकामध्ये हालसम्म कोही पनि पक्राउ परेका छैनन् । 

उनीहरूसँगै फरार लालकाजी गुरुङ, मीना गुरुङ, मुकुन्द न्यौपाने र अन्नपूर्ण खनाल, कान्तिलक्ष्मी उपाध्यायविरुद्ध भने अदालते पक्राउ पुर्जी जारी गरेको छैन । अदालतमै हाजिर भएर धरौटी रकम बुझाएपछि अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी नगरेको हो । अदालतका अनुसार लालकाजी ४० लाख, मीना २० लाख, मुकुन्द ५० लाख, अन्नपूर्ण पाँच लाख र कान्तिलक्ष्मी साढे दुई लाख धरौटी बुझाएर रिहा भएका छन् । 

सहकारी ठगीका मुख्य दुई आरोपी इच्छाराज र सहकारीका वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ भने पुर्पक्षका लागि जेलमा छन् । उनीहरूसँगै पक्राउ परेका अन्य नौ अभियुक्त भने धरौटी रकम बुझाएर रिहा भएका छन् । सिआइबीले उनीहरूलाई गत १८ असोजमा पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये हरिहरप्रसाद लामिछाने ५० लाख, विजयविक्रम शाह १५ लाख, भगवानबहादुरसिंह डंगोल १० लाख धरौटीमा छुटेका थिए । 

यस्तै, कर्मचारीहरू एलिना तुलाधर, मयोनानी महर्जन, बुद्धराज तामाङ र कौस्तुभकेतन ढुंगाना प्रतिव्यक्ति पाँच–पाँच लाख तथा शंकरप्रसाद पाठक दुई लाख ५० हजार र राकेश महर्जन ५० हजार धरौटी बुझाएर छुटेका थिए । सहकारीका कार्यालय सहयोगी संगीत श्रेष्ठ साधारण तारेखमा छुटेकी थिइन् । घटनाका सम्बन्धमा सिआइबीले झन्डै साठी दिन अनुसन्धान गरेको थियो । यस क्रममा सिआइबीमा एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए ।

ad
ad