१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
जीवन बस्नेत काठमाडाैं
२०७८ माघ १२ बुधबार ११:०८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८०

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडाैं
२०७८ माघ १२ बुधबार ११:०८:००

जनगणनाअनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ पुग्याे

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८०  पुगेको छ ।  जुन दश वर्षअघि (२०६८ साल) को जनसंख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चारको तुलनामा २६ लाख ९७ हजार नाै सय ७६ ले  मात्र बढी हो ।

राष्ट्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको प्रारम्भिक नजिताअनुसार १० वर्षमा नेपालको जनसंख्या १० दशमलव १८ प्रतिशतले बढेको देखिएको छ । विगत १० वर्षको सरदर वार्षिक जनसंख्या वृद्धिदर शून्य दशमलव ९३ प्रतिशत देखिएको छ ।

जब कि २०५८ देखि २०६८ सम्मको १० वर्षमा सरदर वार्षिक जनसंख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको थियो । अपेक्षाअनुसार जनसंख्या वृद्धिदर नहुँदा प्रक्षेपणभन्दा थोरै जनसंख्या देखिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

पुरुषको भन्दा महिलाको जनसंख्या ६ लाख नाै हजार आठ सय ५८ ले बढी   

जनगणनाअनुसार महिलाको जनसंख्या एक करोड ४९ लाख एक हजार एक सय ६९ र पुरुषको संख्या एक करोड ४२ लाख ९१ हजार तीन सय ११ पुगेकाे छ ।  यसअनुसार पछिल्लो १० वर्षमा महिलाको जनसंख्या १२ लाख ५५ हजार सात सय ६ जना र पुरुषको जनसंख्या १४ लाख ४२ हजार दुई सय ७० जना थप भएको छ ।

यसअघि ०६८ सालमा महिलाको संख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ जना थियो भने पुरुषको १ करोड २८ लाख ४९ हजार ४१ जना रहेको थियो । महिलाको जनसंख्यामा ९ दशमलव २० प्रतिशत र पुरुषको जनसंख्यामा ११ दशमलव २२ प्रतिशतले वृद्धि भएको छ । तर, अझै पनि पुरुषको तुलनामा महिलाको जनसंख्या ६ लाख नाै हजार पाँचजनाले बढी छ ।