Skip This
नेपाल उपविजेतामै सीमित
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ बैशाख १ सोमबार o७:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल उपविजेतामै सीमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार o७:३६:oo

नेपालमाथि ३ रनको जित निकाल्दै कुवेतले चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ । टी–२० मा कुवेतले नेपाललाई पहिलोपल्ट पराजित गरेको हो । कुवेतले समूह चरणमा व्यहोरेको हारको बदला पनि फाइनलमा लियो । यसअघि भएका दुवै भेटमा नेपालले कुवेतलाई ६ र ७ विकेटले पराजित गरेको थियो । तर, तेस्रो भेटमा भने नेपालको शीर्ष क्रमका अनुभवी ब्याटर चल्न सकेनन् । यसअघि नेपाल ५ अंकसहित शीर्ष स्थानमा रहँदै अपराजित भएर फाइनलमा पुगेको थियो ।

नेपालले दुई खेल जित्दा आयोजक हङकङसँगको खेल भने वर्षाको कारण रद्ध भएको थियो । मिसन रोड मैदानमा टस हारेर ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७४ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र १७१ रन बनाउन सक्यो । सुरुबाटै धर्मराएको नेपालको ब्याटिङ बसिर अहमद एक्लैले सम्हालेका थिए । बसिर एक्लैले सर्वाधिक ८० रन बनाएर नेपाललाई लज्जास्पद हारबाट जोगाए ।

४३ बल सामना गरेका बसिरले आठ चौका र चार छक्काको मद्दतमा ८० रन जोडेका हुन् । नन्दन यादव ३७ रन बनाएर पेभिलियन फर्किए । त्यसअघि ओपनर कुशल भुर्तेल ३ रन जोडेर आउट हुँदा आसिफ शेखले २१ रन जोडेका थिए । १६ बल सामना गरेका क्याप्टेन रोहित पौडेलले ७ रन बनाउँदा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी खाता नखोली फर्किए । ४ रन जोडेका सोमपाल कामी रनआउट भए । गुल्सन झा ९ र करण केसीले ४ रन बनाउँदा ललित राजवंशी शून्यमा नटआउट रहे ।

यसअघि कुवेतका लागि सन्दारुवानले ३६ बलमा ६ चौका र चार छक्काको मद्दतले सर्वाधिक ६३ रनको योगदान गरेका थिए । क्लिन्टो एन्टोले २६, उस्मान पटेलले २३, मित भवसरले १६ र कप्तान मोहम्मद अस्लमले अविजित १३ रन बनाए ।