Skip This
वर्ष ०८१ : पर्यटनका लागि उत्साहप्रद
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख १ सोमबार
  • Tuesday, 15 April, 2025
नवीन अर्याल काठमाडाैं
२o८२ बैशाख १ सोमबार o७:३२:oo
Read Time : > 3 मिनेट
अर्थ प्रिन्ट संस्करण

वर्ष ०८१ : पर्यटनका लागि उत्साहप्रद

काठमाडौं उपत्यकाभित्र हिल्टन, मक्र्योर, रोयल टुलिप, होलिडे इन, लेमन ट्री र झापामा अश्वत्थ होटेलसहित करिब आधा दर्जन पाँचतारे होटेल सञ्चालनमा आएका छन्

Read Time : > 3 मिनेट
नवीन अर्याल, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख १ सोमबार o७:३२:oo

वर्ष ०८१ नेपाली पर्यटन क्षेत्रका लागि सुखद बनेर बितेको छ । अघिल्ला वर्षहरूको तुलनामा ०८१ मा पर्यटक आगमन बढेको छ भने देशभर आधा दर्जनभन्दा बढी पाँचतारे होटेल थपिएका छन् । यस्तै, केबुलकार र थप होटेलहरू निर्माण सुरु गरिएका छन् ।  

०८० मा करिब ११ लाख पर्यटक नेपाल भित्रिएकोमा ०८१ मा बढेर साढे ११ लाख पुगेका छन् । भारतीय पर्यटक आगमन खस्किँदा पनि गत वर्ष करिब ५० हजार विदेशी पर्यटक बढेका छन् । भारतीय तीर्थयात्रु सवार बस दुर्घटना, बाढीपहिरो र हवाई दुर्घटनाका कारण असोजयता भारतीय पर्यटक आगमन खस्किएको हो । तर, अमेरिकन, युरोपियन र अन्य एसियाली देशहरूबाट पर्यटक बढेपछि समग्रमा पर्यटक आगमन बढेको हो । गत वर्ष खुम्बु क्षेत्र र अन्नपूर्ण क्षेत्रमा पुग्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या पनि उत्साहप्रद रह्यो ।

गत वर्ष काठमाडौंसहित देशभर आधा दर्जनभन्दा धेरै पाँचतारे होटेल सञ्चालनमा आएका छन् । ०८१ मा काठमाडौं उपत्यकाभित्र हिल्टन, मक्र्योर, रोयल टुलिप, होलिडे इन, लेमन ट्री र झापामा अश्वत्थ होटेल सञ्चालनमा आएका हुन् । यस्तै, पोखरामा सवा अर्बमा टेम्पल बेल बुटिक होटेल, आइएमई ग्रुपको बागलुङमा होटेल इला कम्फर्टलगायत सञ्चालनमा आएका छन् । कुस्माको द क्लिफले साहसिक गतिविधिमा लगानी थपिरहेको छ । आइएमई समूहले कैलालीको चिसापानी र ताप्लेजुङको पाथीभरामा लक्जरी रिसोर्टसहितको केबुलकार निर्माण शुभारम्भ ग¥यो । गत वर्ष नै तनहुँको बन्दीपुरमा केबुलकार सञ्चालनमा आएको छ भने पाँचतारे होटेल निर्माण अन्तिम चरणमा छ । शेष घलेले भक्तपुरको घ्याम्पे डाँडामा सय रोपनी क्षेत्रफलमा लक्जरी रिसोर्ट निर्माण गर्ने घोषणा गरेका छन् । शशिकान्त अग्रवालको लगानीमा कमलादीमा होटेल मेक्सी निर्माणको अन्तिम चरणमा छ ।

 हस्ती गुमाएको वर्ष
०८१ मा पर्यटन क्षेत्रका तीन हस्तीको निधन भएको छ । द्वारिका होटेलकी संस्थापक अम्बिका श्रेष्ठ, जंगल पर्यटनका पायोनियर एवं टेम्पल टाइगर ग्रुप अफ कम्पनीका संस्थापक वसन्त मिश्र र सांग्रिला होटेलका संस्थापक श्यामबहादुर पाण्डेको निधन भयो । उनीहरू नेपाली पर्यटन क्षेत्रको पहिलो पुस्ताका व्यवसायी थिए ।

 हवाई र सडक दुर्घटनामा भएन सुधार

गत वर्ष अविरल वर्षाका कारण भारतीय तीर्थयात्री चढेको बस तनहुँमा दुर्घटनामा पर्दा २७ जनाको निधन भयो । अरू थुप्रै सडक दुर्घटना पनि भए । दुई हवाई दुर्घटनासमेत भए । त्रिभुवन विमानस्थलपरिसरमा सौर्य एयर दुर्घटना हुँदा १८ जना र नुवाकोटमा एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटना हुँदा पाँचजनाको निधन भएको थियो । जसले अन्तर्राष्ट्रिय जगत्मा नेपाली हवाईसेवा असुरक्षित रहेको सन्देश फैलियो । अविरल वर्षाका कारण सडक दुर्घटनादेखि देशैभर बाढीपहिरो जाँदा भारतीय पर्यटक आगमन निरन्तर खस्किँदै छन् ।

गत वर्षको हिउँदको सिजनमा भैरहवा एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीको संख्या पाँच पुग्दा विमानस्थल गुल्जार भयो । तर, समर सिजनमा एउटै वायुसेवा कम्पनीले उडानतालिका पेस नगरेपछि भैरहवा एयरपोर्ट पुनः सुनसान बनेको छ । यही समर सिजनदेखि पोखरा विमानस्थलमा हिमालय र सिचुवान एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गर्दा पोखरेली व्यवसायीमा भने उत्साह छाएको छ ।

गत वर्ष नै नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर नियामक र सेवाप्रदायक निकाय अलग–अलग बनाउने दुईवटा विधेयक संसद्मा पेस भएका छन् । यस्तै, सगरमाथालगायत हिमालको आरोहण रोयल्टी बढाउने निर्णय भएको छ । अहिले विदेशीलाई सगरमाथा चढ्न ११ हजार डलर रोयल्टी लिने गरिएकोमा आगामी भदौदेखि १५ हजार डलर पु¥याइएको छ । सगरमाथा आरोहण गर्ने आरोहीको संख्या पनि बढेको छ भने पोखरालाई देशको पर्यटकीय राजधानी घोषणा गरिएको छ । यस्तै, कोशी प्रदेश र तनहुँको बन्दीपुरमा भ्रमण वर्ष मनाउन थालिएको छ ।

पर्यटनबाट लाभ लिन चुकिरहेका छौँ
विजय अमात्य, पर्यटन व्यवसायी

विदेशी पर्यटक आगमन बढ्दै छ । हस्पिटालिटीमा राम्रो लगानी भएको छ । दुई एयरलाइन्स थपिँदै छन्, जसले पर्यटक बढाउन मद्दत पुग्ला । तर, यो वृद्धिमा सन्तुष्ट हुन सक्ने ठाउँ छैन । हामीले जति गर्न सक्थ्यौँ, त्यति गर्न सकेनौँ । पर्यटनबाट लाभ लिन चुकिरहेका छौँ । अहिलेसम्म जति उपलब्धि भयो, निजी क्षेत्रको प्रयासले हो । सरकारको तर्फबाट हुनुपर्ने काम नै भएन । खै सडक मर्मत ? कति बढे उडान ? सरकारले भैरहवा र पोखरा विमानस्थल पनि चलाउन सकेन, राष्ट्रिय ध्वजावाहक स्ट्रङ बनाउन पनि सकेन । झन् कमजोर बन्दै छ । पूर्वाधार, कनेक्टिभिटी र मार्केटिङमा सरकार चुक्यो ।

नेपाल सुन्दर छ, सुरक्षित छ, घुम्ने ठाउँ धेरै छन् पनि भन्न सकेन । यतिवेला वायु प्रदूषणले पर्यटन सकसमा छ । होटेल र रिसोर्टमा ठुलो लगानी भएको छ । पर्यटक आगमनभन्दा होटेलको सप्लाई धेरै छ । भोलि पर्यटक नबढे यी होटेलको लगानी डुब्छ । सरकारले यसतर्फ ध्यान दिन जरुरी छ । अहिलेको गतिले पर्यटकको लक्ष्य भेट्याउन सकिँदैन । नेपाल वायुसेवालाई बलियो बनाउनुपर्‍यो । सडक पूर्वाधार यथाशीघ्र मर्मत र स्तरोन्नति गर्नुपर्छ ।

०८१ मा पर्यटन क्षेत्र

  •    थपिए आधा दर्जन पाँचतारे, हिल्टन, होली डे इन, लेमन ट्री, मक्र्योर, रोयल टुलिप, अश्वत्थ
  •    पोखरामा अन्तर्राष्ट्रिय उडान सुरु, हिमालय र सिचुवानले थाले उडान

    उडानमा प्रतिबन्ध
  •   भैरहवामा विन्टर सिजनमा सातामा २४ वटासम्म उडान, तर समर सिजनमा शून्य 
  •    सौर्य एयर दुर्घटनामा १८ र नुवाकोटमा हेलिकोप्टर दुर्घटनामा पाँचको निधन 
  •    भारतीय तीर्थयात्रु सवार बस तनहुँको आँबुखैरेनीमा दुर्घटना हुँदा २७ को निधन, भारतीय पर्यटकमा नकारात्मक सन्देश
  •   ११ र १२ असोजमा आएको अविरल वर्षाले देशभरको सडक क्षतविक्षत हुँदा पर्यटन क्षेत्र प्रभावित 
  •   पर्यटनका हस्ती अम्बिका श्रेष्ठ, वसन्त मिश्र र श्यामबहादुर पाण्डेको निधन
  •    स्थानीयद्वारा खुम्बु क्षेत्रमा कमर्सियल हेलिकोप्टर 
  •    नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायकमा टुक्र्याउने विधेयक संसद्मा
  •    तीन महिना आन्तरिक उडान ठप्प, २४ जेठदेखि ग्राउन्डेड ट्विनअटर अझै उडेन, एयरबस पनि पटक–पटक ग्राउन्डेड
  •    अमेरिकी र युरोपेली पर्यटक आगमनमा उत्साहप्रद वृद्धि, भारतीय आगमन गिरावट
  •    २३ कात्तिकदेखि १९ चैतसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान बन्द गरेरै स्तरोन्नति, ३३ प्रतिशतसम्म उडान
  • कटौती
  •   कीर्तिमानी आरोही कामिरिता शेर्पाद्वारा ३०औँपटक सगरमाथा आरोहण
  •    मिंग्मा जी शेर्पाद्वारा विनाअक्सिजन आठ हजार मिटर अग्ला चौध हिमालको सफल आरोहण 
  •    ०८१ मा ४५ टोलीका ४२१ आरोहीले लिए सगरमाथा आरोहण अनुमति
  •    सगरमाथाको रोयल्टी ११ हजारबाट १५ हजार डलर पु¥याइयो, अरू हिमालको पनि बढ्यो 
  •    पोखरालाई पर्यटकीय राजधानी घोषणा, कोशी प्रदेशमा भ्रमण वर्षको सुरुवात ।