मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
प्रतिकात्मक तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ११ मंगलबार १४:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ललितपुर प्रशासनद्वारा फार्मेसीहरूको अनुगमन, छैन पर्याप्त सिटामोल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ११ मंगलबार १४:१८:००

ललितपुर क्षेत्रका फार्मेसी अनुगमन गर्दा पर्याप्त सिटामोल नभएको भेटिएको छ। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसहितको टोलीले मंगलबार अनुगमन गर्ने क्रममा फार्मेसीहरूमा थोरै मात्र सिटामोल स्टक रहेको पाइएको हो। 

अनुगमन टोलीले सातदोबाटो, लगनखेल, जावलाखेल, मंगलबजार, पुल्चोकलगायत क्षेत्रका फार्मेसी अनुगमन गरेको थियो। फार्मेसीहरूमा सिटामोल पर्याप्त नभएको ललितपुरका प्रजिअ उपाध्यायले जानकारी दिए। उनका अनुसार बजारमा सिटामोलको अभाव देखिएको र कालोबजारी भएको जानकारी पाएपछि प्रशासनले अनुगमन थालेको थियो। जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग, महानगरपालिका, जिल्ला प्रशासन कार्यालयलगायतको सहभागितामा अनुगमन गरिएको हो।

अनुगमन गर्दा फार्मेसीहरूमा सिटामोल थोरै मात्र स्टक रहेको पाइएको हो। उक्त सिटामोल एक व्यक्तिलाई १० गोलीका दरले बिक्री–वितरण गर्न प्रशासनले निर्देशन दिएको छ। ‘फार्मेसीहरूमा सिटामोल नै नभएको होइन, स्टक कम रहेछ। हामीले मिलाएर बेच्न भनेका छौँ,’ उपाध्यायले भने, ‘मास्क, स्यानिटाइजरलगायत औषधि सुपथ मूल्यमै बेचेको भेटियो।’