Skip This
राजमार्गका मुख्य स्थानमा सिसिक्यामेरा जडान गर्दै प्रदेश सरकार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २६ बुधबार १३:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

राजमार्गका मुख्य स्थानमा सिसिक्यामेरा जडान गर्दै प्रदेश सरकार

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १३:२७:oo

प्रदेश १ सरकारले राजमार्गका मुख्य स्थानमा सिसिक्यामेरा जडान गर्ने भएको छ। प्रदेशको शान्तिसुरक्षा र सडक सुशासनलाई ख्याल गर्दै प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम कोसीको पुलदेखि पूर्व मेची पुलसम्म र कोसी राजमार्गअन्तर्गत दक्षिण जागेबनीदेखी उत्तर धरानसम्म मुख्य स्थानमा सिसिटिभी जडान गर्न लागेको हो।

आन्तरिक मामिलामन्त्री केदार कार्कीका अनुसार शान्तिसुरक्षा र सडक सुशासनका लागि  प्रविधिबाट निगरानी गर्न राजमार्गका पूर्व–पश्चिम र उत्तर–दक्षिणमा सिसिटिभी जडान गर्न लागिएको बताए। मन्त्रालयको सुरक्षा समन्वय महाशाखाका अनुसार सिसिटिभी जडानका लागि चालू बजेटमा तीन करोड रुपैयाँ विनियोजन भएको छ। सोही बजेटअनुसार मन्त्रालयले प्रदेश १ प्रहरी कार्यालयसँग विस्तृत एस्टिमेट प्रतिवेदन माग गरेको छ।

मन्त्रालयका प्रवक्ता ओमकारप्रसाद न्यौपानेले प्रहरीबाट आएको एस्टिमेट स्वीकृत भइसकेपछि खरिद प्रक्रियाको अख्तियारी प्रहरीलाई दिएर काम अगाडि बढाउने बताए। प्रदेश १ प्रहरी प्रमुख अरुणकुमार बिसीले मन्त्रालयलाई डिटेल एस्टिमेट पठाइसकेको र अख्तियारी प्राप्त भएपछि खरिद प्रक्रिया अगाडि बढाउने बताए। उनका अनुसार राजमार्गमा पहिले जडान भएका सिसिटिभीहरूको अवस्था अध्ययन गरेर बिग्रिएकाहरूलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याइनेछ। आवश्यक ठाउँहरूमा थप नयाँ सिसिटिभी जडान गरिनेछ।

उत्तर–दक्षिण र पूर्व–पश्चिममा जडान गरिने सिसिटिभीको कन्ट्रोल रुम पायक पर्ने जिल्ला र इलाका प्रहरी कार्यालयहरूमा राखिनेछ। डिआइजी बिसीले भने, ‘मन्त्रालयले बजेट निकासा गरेको आधारमा हामी काम अगाडि बढाएर चालू वर्षभित्रै तोकिएका स्थानमा सिसिटिभी जडान गरिसक्छौँ ।’

ad
ad