मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ८ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ८ शनिबार १७:५५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भौतिक उपस्थितिमा पठनपाठन नगराउन विद्यालयहरूलाई महानगरको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ८ शनिबार १७:५५:oo

काठमाडौं महानगरपालिकाले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न यहाँका विद्यालयलाई निर्देशन दिएको छ। संक्रमण बढिरहेका वेला केही निजी विद्यालयले भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको गुनासो आएपछि महानगरले तत्काल वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, कामपा शिक्षा विभागसमेतको निर्देशनलाई बेवास्ता गरेको भन्दै कामपा शिक्षा विभागले सूचना जारी गर्दै भौतिक रूपमा सञ्चालन भइरहेको पठनपाठनलाई तत्काल बन्द गर्न निर्देशन दिएको हो।

पुनः निर्देशनको बेवास्ता गरे महानगर कारबाही गर्न बाध्य हुने बताइएको छ। कोरोना भाइरस संक्रमणको तेस्रो लहर तीव्र रूपमा बढिरहेको भन्दै सरकाले गत पुस २७ गतेदेखि भौतिक उपस्थितमा कक्षा सञ्चालन नगर्न सबै विद्यालयलाई निर्देशन दिइसकेको छ। सरकारको निर्देशन बेवास्ता गरी विद्यालय सञ्चालन भएको जनगुनासो आएपछि महानगरले पुनः सूचना जारी गरी यस्तो निर्देशन दिएको हो।