मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ माघ ६ बिहीबार १६:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश–२ को नाम ‘मधेस प्रदेश’ राख्ने ऐतिहासिक निर्णय स्वागतयोग्य : महन्थ ठाकुर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ माघ ६ बिहीबार १६:२८:००

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को नाम ‘मधेस प्रदेश’ राख्ने  ऐतिहासिक निर्णय स्वागतयोग्य भएको बताएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । 

‘मिति २०७८ माघ ३ गते प्रदेश–२ को प्रदेश सभाको बैठकले प्रदेशको राजधानी ‘जनकपुरधाम’ र प्रदेशको नाम ‘मधेस प्रदेश’ राख्ने ऐतिहासिक निर्णय गरेको कार्य स्वागतयोग्य रहेको छ । यस ऐतिहासिक निर्णयको लागि प्रदेश सभा सदस्यज्यूहरूलाई हार्दिक बधाईका साथै धन्यवादसमेत व्यक्त गर्दछु,’ लोसपा अध्यक्ष ठाकुरले हस्ताक्षर गरेको प्रेस विज्ञप्तिमा भनिएको छ । 

प्रदेश सभाको उक्त निर्णयले वषौँदेखि मधेसी जनताले गर्दै आएको पहिचान, समान अस्तित्व एवं अधिकार प्राप्तिका लागि गरिएको मधेस आन्दोलन तथा वीर सहिदहरूको सहादतको परिणामस्वरूप मधेस प्रदेशको निर्माण भएको विज्ञप्तिमा उल्लेख छ । 

हेर्नुहोस् विज्ञप्ति :