मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Sunday, 13 July, 2025
२o७८ माघ ५ बुधबार १४:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेस विद्रोहको १५ वर्ष पूरा : सिराहामा बलिदानी दिवस मनाइँदै  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १४:४५:oo

अन्तरिम संविधानमा संघीयता, समानुपातिक सहभागिता तथा मधेसी पहिचानका लागि  लहानबाट सुरु भएको मधेस विद्रोहको बुधबार १५ वर्ष पूरा भएको छ । विद्रोहपछिको १५औँ बलिदानी दिवस सिराहाको लक्ष्मीपुर पतारीमा मनाइँदै छ ।
    
बलिदानी दिवसको अवसरमा लहान– १ स्थित सहिद रमेश महतोसहित पाँचजनाको सालिक रहेको सहिद पार्कमा बुधबार जनता समाजवादी पार्टीका  केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेस सरकारका मुख्यमन्त्री लालबाबु राउत, मुख्य न्यायाधिवक्ता दीपेन्द्र झालगायतका नेताले माल्यार्पण गर्दै मधेस प्रदेश स्थापना भएकाले अब सहिदको बाँकी सपना पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन् । लक्ष्मीपुर पतारीमा आयोजना गरिएको बलिदानी दिवसलाई सम्बोधन गर्न अध्यक्ष यादवसहित संघीय सांसद राजकिशोर यादव, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सभा सदस्यहरूसहित जनता समाजवादी पार्टीका नेताहरू पुगेका छन् ।  

यसरी भएको थियो आन्दोलन

२०६२–०६३ को जनआन्दोलनपछि ०६३ माघ १ गतेदेखि लागू भएको अन्तरिम संविधानमा मधेसीलाई उपेक्षा गरिएको, संघीयता नराखिएको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको आह्वानमा संघीयता, जनसंख्याको आधारमा समानुपातिक सहभागितालगायतको मागसहित सुरु भएको आन्दोलन ५ माघमा लहानका विद्यार्थी रमेश महतोको गोली लागेर मृत्यु भएपछि मधेसका विभिन्न जिल्लाहरूमा चर्किएको थियो । 

आन्दोलनका क्रममा सिराहाका ग्रामीण क्षेत्रबाट लहानको आन्दोलनमा आएकामध्ये पाँचजना सहिद भएका थिए । मधेस आन्दोलनमा महतोसहित लहान– १५ ढोढना माेहनपुरका बेचन यादव, लहान– ४ का विजय सहनी, सखुवानन्कारकट्टी गाउँपालिका– ५ महेशबारीका मोहम्मद अनिश र सखुवानन्कारकट्टी गाउँपालिका– ३ मिर्जापुरका प्रमोद सदाय सहिद भएका थिए । ०६३ को मधेस आन्दोलनमा तराईका विभिन्न जिल्लाबाट ३८ जनाको निधन भएको थियो भने ५८ जना गम्भीर घाइते भएका थिए ।