मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ ५ बुधबार १३:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं परिसरका २८ प्रहरीसहित १० जना थुनुवामा कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार १३:५८:oo

महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत २८ जना प्रहरीलाई कोरोना संक्रमण भएको छ। त्यसमध्ये ६ जना प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको परिसरले जनाएको छ।

अन्य संक्रमित होम आइसाेलेसन र परिसरभित्रको आइसोलेसनमा बसेका छन्। त्यस्तै, परिसरमा रहेका १० जना कैदीमा पनि कोरोना संक्रमण देखिएको छ। उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरको थुनुवा कक्षमा राखिएको छ। परिसरले कोरोना संक्रमणबारे सचेत गराउन सहयोग गर्न ३९ ठाउँमा हेल्प डेक्स र ५२ स्थानमा माइकिङ गर्दै आइरहेको छ।