१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ जेठ १३ आइतबार १o:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अन्तर्जातीय विवाह गरेका दलित युवाविरुद्ध बलात्कार मुद्दा 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १o:२४:oo

अन्तर्जातीय प्रेम विवाह गरेका एक दलित युवाविरुद्ध केटी पक्षले बलात्कार आरोपमा मुद्दा दर्ता गरेको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ विराटचौक बजारमा सुन पसलमा काम गर्दै आएका २० वर्षीय भरत विश्वकर्मालाई केटी पक्षले केही नगर्ने सर्तमा बोलाउन लगाएर पछि छोरी अपहरण गरेर जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा मुद्दा दर्ता गरेको हो । 

विश्वकर्मा र १६ वर्षीया दनुवार थरकी बालिकाले एक महिनाअघि भागी विवाह गरेका थिए । खोजी गर्ने क्रममा कतै फेला नपरेपछि बालिकाका अभिभावकले दलित अगुवामार्फत केटालाई आफूले केही नगर्ने, आफ्नो छोरी मात्र उमेर नपुन्जेलसम्मका लागि छुटाएर लाने प्रतिबद्धता गर्दै केटाकेटी झिकाइदिन आग्रह गरेका थिए ।

त्यसपछि सुन्दरहरैँचा नगरपालिका दलित उत्थान समतिका अध्यक्ष कुमार मिजारले केटाका आफन्तलाई भरतलाई केही हुन नदिने, आफू ग्यारेन्टी भएको भन्दै बोलाउन लगाएका थिए । सुरक्षाको आश्वासन पाएपछि घर आएका केटा र केटीलाई २ माघमा आफन्तले आफ्नो पूर्वप्रतिबद्धताबाट पन्छिँदै भरतलाई इलाका प्रहरी बेलबारीको जिम्मा लगाएका थिए । 

त्यसपछि इलाका प्रहरी बेलबारीले बलात्कार गरेको कसुरमा किटानी जाहेरी दर्ता गराउन भरतलाई सुनसरीको इटहरी इप्रकालाई जिम्मा लगाएको थियो । इटहरी इप्रकाले बलात्कार गरेको पहिलो घटनास्थल दुहबी इलाकामा परेको भन्दै इलाका प्रहरी दुहबीलाई जिम्मा लगाएको थियो । इप्रका दुहबीले केटाकेटी भागेर दुहबीमा आएर आफन्तकोमा बसेको ठाउँलाई आधार मान्दै बलात्कार आरोपमा किटानी जाहेरी दर्ता गरेको छ । 

सुन्दरहरैंचा नगरपालिका दलित उत्थान समिति अध्यक्ष कुमार मिजारले केटीका बाबु निर्माण व्यवसायी भएकाले पैसा र पहुँच प्रयोग गरेर निर्दोष दलित युवालाई बलात्कार कसुरमा मुद्दा दर्ता गरेर अन्याय गरेको बताए । 

ad
ad