मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Thursday, 19 December, 2024
२o७८ माघ ४ मंगलबार १७:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिहीबारदेखि मनकामनामा भक्तजनलाई रोक, केबुलकार भने चल्ने  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १७:५५:oo

गोरखाको प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरभित्र भक्तजन प्रवेशका लागि रोक लगाइएको छ । कोरोनाको जोखिम बढेसँगै भिडभाड नियन्त्रण गर्न मंगलबार बसेको मनकामना क्षेत्र विकास समितिको बैठकले बिहीबारदेखि मन्दिर बन्द गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषद्को निर्णयलाई कार्यान्वयन गर्न बिहीबारदेखि भक्तजन प्रवेशमा रोक लगाइएको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेबेन्द्र गुरुङले बताए। ‘मन्त्रिपरिषद्को निर्णयलाई हामीले बैठक बसेर कार्यान्वयन गर्ने निर्णय गरेका हौँ ।’ सोही निर्णयअनुसार नित्यपूजा, ध्यान, प्रार्थना मात्रै गर्नु र अन्य पूजापाठका काम नगर्नू भनेर परिपत्र आएको छ,’ उनले भने । मन्दिर खोल्ने बन्द गर्ने निर्णय क्षेत्र विकासले नभई नेपाल सरकारले गरेको उनको भनाइ छ। 

गुरुङका अनुसार मनकामना मन्दिरमा दैनिक अहिले एक हजारदेखि दुई हजारसम्म भक्तजन जाने गर्छन् । बिदाको दिन यो संख्या अझै बढी हुन्छ । अत्यधिक चाप हुने हुँदा मन्दिरभित्र पूजा गर्न रोक लगाइएको हो । माघ मसान्तसम्म मन्दिरमा नित्य पूजा गर्ने निर्णय क्षेत्र विकास समितिले गरेको गुरुङले बताए ।  मनकामना पुगेका भक्तजनले मन्दिरबाहिरबाट दर्शन गर्न भने पाउनेछन् । 

त्यस्तै, मनकामनासम्म जाने मनकामना दर्शन प्रालिले सञ्चालन गरेको केबलकार भने बन्द नहुने मनकामना केवलकारका स्टेसन म्यानेजर उज्वल शेरचनले बताए। उनले भने, ‘तत्कालका लागि केबलकार बन्द गर्ने योजना छैन।’ मनकामनाका स्थानीयलाई आउजाउ गर्न, मन्दिरबाहिरबाट पूजापाठ गर्ने भक्तजनको सजिलाका लागि पनि केबलकार भने नियमित चल्ने उनले जानकारी दिए।