१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ४ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ४ मंगलबार १४:४६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिंहदरबारभित्र बुस्टर डोज लगाउनेको घुइँचो, छैन सामान्य मापदण्डको पालना (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ४ मंगलबार १४:४६:oo

सरकारले कोरोना संक्रमण रोक्न भौतिक दूरी कायम गर्न र स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न निर्देशन दिइरहेको छ। तर, देशकै मुख्यालय सिंहदरबारभित्र भौतिक दूरीसमेत कायम नराखी खोप लगाउनेहरूको घुइँचो लागेको छ।

सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई सिंहदरबार परिसरभित्रै खोप लगाउने व्यवस्था गरिएको छ। तर, खोप लगाउन आउने कर्मचारीहरूको भिड अत्यन्तै बढेको छ। उनीहरूले भौतिक दूरीसमेत कायम नराख्दा कोरोना संक्रमण फैलन सक्ने डर देखिएको छ।

सिंहदरबारभित्र रहेका विभिन्न कार्यालयमा कार्यरत सरकारी कर्मचारीहरूलाई पूर्वीगेटपट्टि खोप लगाउने व्यवस्था गरिएको छ। सरकारले आइतबारदेखि देशभर बुस्टर डोज खोप लगाउन सुरु गरेको थियो। यद्यपि, काठमाडौंमा सोमबारदेखि मात्रै खोप लगाउन सुरु गरिएको थियो।