मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ ४ मंगलबार ०७:४३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन हजार बिन्दुको टेवा खोज्दै नेप्से

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ ४ मंगलबार ०७:४३:००

निरन्तर बढिरहेको नेप्से सूचक साताको सोमबार पनि सकारात्मक बनेको छ । बजार सूचक कारोबार अवधिभर उत्तारचढाव भइरह्यो । लगानीकर्ता नाफा बुक गर्ने होडले पनि बजारमा चाप परेको हो । 

साताको दोस्रो नेप्से सूूचक तीन हजारको टेवाको खोजीमा देखिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणले बन्द भएका लगानी पनि सेयर बजारतर्फ फर्किएको अनुमान छ । जसले गर्दा बजार अहिले बुलिसतर्फ रहेको संकेत देखिन्छ । अर्कोतर्फ बैंकमा सेयर कर्जा तरलताको सहजता हुने अनुमानले पनि बजारलाई थप बल पुर्‍याएको अनुमान लगानीकर्ताले गर्न थालेका छन् ।  

सोमबार नेप्से सूूचक २० दशमलव ६४ अंकले बढेर दुुई हजार नौ सय ४७ दशमलव ३८ बिन्दुमा  पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सटिभ इन्डेक्स २ दशमलव २२ प्रतिशतले बढेर पाँच सय ४२ दशमलव ६३ बिन्दुमा पुगेको भएको छ । कारोबारमा आएका १३ वटै समूहका सूूचक सकारात्मक बनेका छन् । जसमध्ये वाणिज्यतर्फ २ प्रतिशत बढेको छ । फाइनान्स, माइक्रो फाइनान्सतर्फ लगानीकर्ताले लगानी बढाएका छन् ।

सोमबार भएको कारोबारमा ९७ वटा स्क्रिप्टको सेयर मूल्य बढेको छ भने ८१ वटा स्क्रिप्टको सेयर मूूल्य घट्न पुगेको छ । यस दिन मध्यभोटेकोसी जलविद्युत् कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट मूूल्य कारोबार भएको छ । 

त्यसैगरी, सन्राइज ब्लुुचिप फन्ड, सिंगटी हाइड्रो इनर्जी, सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंक, समुुन्नत लघुुवित्त वित्तीय संस्थाको सेयर मूूल्य २ प्रतिशत घटेको छ । युनिलिभर कम्पनी, ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा बढी मूल्यले घटेको छ ।

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका दुई सय २४ स्क्रिप्टको एक करोड ४४ लाख कित्ता–इकाइ सेयर खरिद–बिक्री हुँदा सात अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर कम्पनी ४४ करोडभन्दा बढीको खरिद–बिक्री भएको छ । अपि पावर कम्पनी, अपर तामाकोसी हाइड्रोपावर, नेपाल दूरसञ्चार कम्पनी, शिवम् सिमेन्ट कम्पनीको ४१ करोड रुपैयाँदेखि २१ करोड रुपैयाँसम्म कारोबार भएको छ ।