
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटीभित्र बतास समूहले बनाएका संरचना क्षेत्रको अनुगमन गरेका छन् । प्रक्रिया पूरा नगरी बतास समूहले बनाएका संरचना भत्काउन मन्त्री आलेले केही दिनअघि निर्देशन दिएपछि सो संरचना भत्काइएको थियो । संरचना भत्काइएकोबारे जानकारी लिन मन्त्री आले आइतबार नारायणहिटी पुगेका हुन् ।
अनुगमनका क्रममा मन्त्री आलेले सबै प्रक्रिया अगाडि बढाइसकिएकाले छिट्टै यस विषयमा टुंगोमा पुग्ने बताए । उनले भने, 'हामीले अनुगमन गर्याैँ । सम्बन्धित निकायलाई कारबाही गर्न भनिसकेका छौँ । छिट्टै यसको उपाय निस्कन्छ ।'
हेर्नुहोस् तस्बिरहरू :