१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ २ आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७८ माघ २ आइतबार १५:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

पछिल्लाे २४ घन्टामा भारतमा दुई लाख ७१ हजारभन्दा बढी कोरोना संक्रमित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ माघ २ आइतबार १५:४६:oo

भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार दुई सय दुईजना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परीक्षण गरिएका १६.२८ प्रतिशतलाई कोरोना पजिटिभ देखिएको समाचारमा जनाइएको छ ।  

सोही अवधिमा थप तीन सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ । 

हाल भारतमा सात हजार सात सय ४३ ओमिक्रोनका संक्रमित रहेकाे पनि सो मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले संक्रमितको संख्या १५ लाख ५० हजार तीन सय ७७ रहेकाे छ । सक्रिय संक्रमितको यो  संख्या कुल संक्रमितको ४.१८ प्रतिशत भएको समाचारमा जनाइएको छ । कोरोना भाइरस निको हुने दर ९५.१ प्रतिशत रहेको जनाइएको छ । रासस
 

ad
ad
ad
ad