मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ पौष ३० शुक्रबार १९:४८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट सडक बनाइएकोप्रति कांग्रेसको ध्यानाकर्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ पौष ३० शुक्रबार १९:४८:००

लिपुलेक क्षेत्रमा भारतीय सरकारले सडक बनाएकोप्रति कांग्रेसले ध्यानाकर्षण गराएको छ । कांग्रेसका महामन्त्री विश्वप्रकाश  शर्मा र गगन थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस्तो अभिव्यक्तिले कांग्रेसको ध्यानाकर्षण भएको जनाएका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भुमि भएको भन्दै शर्मा र थापाले यसका सम्बन्धमा  कांग्रेसले विगतदेखि नै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको बताएका छन् ।  कांग्रेसले विगतदेखि नै संस्थागत रूपले राख्दै आएको धारणा र अडानमा पार्टी प्रस्ट र दृढ रहेको भन्दै उनीरूले आफ्नो धारणा सार्वजनिक गरेका छन् । 

यी हुन् धारणा
लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।
 नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ ।
 कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।
४ नेपालको संसद्ले सर्वदलीय एकतासाथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनीतिक दलहरू एवं नेपाल सरकारसमेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ ।
 दुई राष्ट्रबीचको सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्ताबेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रस्ट छौँ ।
 नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।
७ दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रही आएको छ । यस अर्थमा सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट खोजिनुपर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ ।