Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २८ बुधबार ०७:४९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो दिन शुक्र अगाडि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २८ बुधबार ०७:४९:००

शुक्रबहादुर राईले सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको पहिलो चरणमा अग्रता लिएका छन् । गोकर्ण गल्फ क्लबमा सूर्य नेपाल टुरअन्तर्गतको सूर्य नेपाल सेन्ट्रल ओपनमा शुक्रले पाँच अन्डर ६७ स्कोर गर्दै शीर्ष स्थान बलियो बनाएका हुन् ।

उनले दोस्रो स्थानमा रहेको रामे मगरविरुद्ध दुई स्ट्रोकको अग्रता लिएका छन् । रामेले तीन अन्डर ६९ स्कोर गरेका छन् । यसैगरी, भुवन नगरकोटी र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिताका स्वर्ण पदक विजेता सुवास तामाङ संयुक्त रूपमा तेस्रो स्थानमा छन् । सबै खेलाडीले दुई अन्डर ७० को स्कोर गरेका छन् । यसैगरी, रवि खड्का एक अन्डर ७१ स्कोर गरी पाँचौँ स्थानमा छन् । नीरज तामाङ इभन पार खेली ७२ स्कोरका साथ छैटौँ स्थानमा रहे । 

पहिलो दिन शीर्ष स्थानमा रहेका शुक्रले तेस्रो होलमा इगल, चौथो, छैटौँ र सातौँ होलमा बर्डिज हात पारे । उनले फन्ट नाइनमा पाँच अन्डर ३१ को स्कोर गरे । यसैगरी, उनले ब्याक नाइनमा एक बर्डिज निकाल्न सफल भए । 

भुवनले फन्ट नाइनमा एक अन्डर ३५ स्कोर गरेका थिए । उनले तेस्रो र छैटौँ होलमा बर्डिज निकाले । सातौँ होलमा उनले बोगीको सामना गरे । यसैगरी, एमेच्योरतर्फ सुवासले दोस्रो, तेस्रो र सातौँ होलमा बर्डिज हात पारे । उनले छैटौँ होलमा होल इन वान गर्न सफल भए । प्रतियोगितामा कुल ३९ व्यावसायिक गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।