१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २५ आइतबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २५ आइतबार १४:o७:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमण बढेपछि छलफलमा उपत्यकाका प्रमुख जिल्ला अधिकारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २५ आइतबार १४:o७:oo

कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्ड परिपालना गराउने तथा सतर्कता अपनाउने विषयमा सिसिएमसीको बैठक बसेको छ। आइतबार मध्याह्न १२ बजे बसेको बैठकमा कोरोना संक्रमण दर बढ्दै गइरहेको वेला जनजीवनलाई कसरी सुरक्षित बनाउने भन्ने सन्दर्भमा छलफल भएको छ। शुक्रबार प्रधानमन्त्रीसहित बसेको बैठककै निरन्तरताको रूपमा आज छलफल भएको हो।

अनावश्यक भिडभाड गर्न नदिने, स्वास्थ्य मापदण्ड परिपालना गराउने, खोप र पिसिआर परीक्षण दायरा बढाउनेलगायत विषयमा छलफल भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। उनले कोरोना संक्रमण बढिरहेको अवस्थामा सबैतिर भिडभाड बढेकोले त्यसलाई व्यवस्थापन गर्ने सन्दर्भमा पनि छलफल भएको बताए। छलफलमा कोरोना संक्रमण दर बढे प्रमुख जिल्ला अधिकारीहरूले अत्यावश्यक निर्णय गर्न सक्ने निर्णय पनि भएको छ।  त्यस्तै, भौतिक दूरी कायम गराउने, मास्कको अनिवार्य गर्ने, स्यानिटाजर प्रयोग गर्नेजस्ता स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने विषयमा पनि छलफल भएको छ। 

सोही सन्दर्भमा आइतबार बिहान उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले छुट्टाछुट्टै बैठक तथा छलफल गरेका थिए। सो क्रममा विनामास्न ओहोरदोहोर नगर्न, भिडभाड नगर्न, भौतिक दूरी कायम राख्नलगायत निर्देशन जारी गर्ने सन्दर्भमा छलफल भएको छ। ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पनि कोरोना सक्रमण रोकथामका लागि आवश्यक छलफल गरेका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले परिस्थितिअनुसार कडाइ गर्ने छलफल भइरहेको बताइन्। ‘आज साँझ जिल्लाका सरोकारवाला निकायहरूसँग बैठक बस्दै छौँ, बैठकमा कोरोना संक्रमण रोकथामकै विषयमा छलफल हुन्छ,’ उनले भनिन्, ‘स्वास्थ्य मापदण्डमा चाहिँ भोलिदेखि नै कडाइ गर्छौँ।’ 

ललितपुर प्रशासनले पनि जिल्ला जनस्वास्थ्य कार्यालय, खोप समन्वय समिति, महानगरपालिका, प्रहरी परिसरलगायतसँग छलफल गरेको छ। पहिलो चरणमा स्वास्थ्य मापदण्डमा कडाइ गरिने र संक्रमण दर तीव्र गतिमा फैलिए अन्य निर्णय गरिने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए। ‘कोरोना संक्रमणको नियमित समीक्षा गरिरहेका छौँ, अहिले नै लकडाउन वा धेरै कडाइ गर्नुपर्ने अवस्था छैन,’ उनले भने, ‘स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गर्छौँ, खोप कार्यक्रमलाई पनि तीव्र गति दिन्छौँ ।’ उनले सिसिएमसी र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार आफूहरूले काम गर्ने तयारी गरेको जानकारी दिए। 

पछिल्लो समय उपत्यका तथा देशभर ओहोरदोहोर गर्दा मास्क नलगाउने प्रवृत्ति बढेको छ। सरकारी तथा सार्वजनिक स्थानहरूमा पनि भिडभाड बढिरहेको छ। केही दिनयता कोरोना संक्रमण बढ्न थालेको छ। सोही आधारमा प्रशासनले गम्भीरता देखाउन थालेका हुन्।
 

ad
ad
ad
ad