१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष २३ शुक्रबार
  • Wednesday, 02 July, 2025
२o७८ पौष २३ शुक्रबार १८:३७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिसिएमसीसी बैठक : सीमावर्ती क्षेत्रमा तत्काल होल्डिङ सेन्टर निर्माण गर्न प्रधानमन्त्रीको निर्देशन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २३ शुक्रबार १८:३७:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को बैठकमा सीमावर्ती क्षेत्रमा होल्डिङ सेन्टर तत्काल निर्माण गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको सिसिएमसीको बैठकमा प्रधानमन्त्री देउवाले झापा, विराटनगर, पर्सा, कपिलवस्तु, नेपालगन्ज, कैलाली र कञ्चनपुरका सीमावर्ती क्षेत्रमा होल्डिङ सेन्टर तत्काल निर्माण गर्न निर्देशन दिएका हुन्।

बैठकमा स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तर्फबाट पछिल्लो अवस्थाबारे बिफ्रिङ गरेका थिए। बिफ्रिङपछि प्रधानमन्त्री देउवाले खोप अभियानलाई तीव्र बनाउन, अतिरिक्त खोप अभियान सुरु गर्न, संक्रमण फैलिरहेकाले आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटरसहित स्वास्थ्य सामग्रीको तथा उपकरणको जोहो गर्न र स्वास्थ्य मापदण्डका लागि जनचेतनामूलक कार्यक्रम तीव्र बनाउन निर्देशन दिएका थिए। 

प्रधानमन्त्री देउवाले तयारीका लागि बजेटको अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाएका थिए। शुक्रबार मात्र स्वास्थ्य मन्त्रालयले पुस महिनामा लिइएका नमुनामध्ये थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको जानकारी दिएको थियो। बैठकमा स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्रीलाईे बालबालिकालाई आइतबारबाट खोप सुरु हुने, तेस्रो डोज माघको पहिलो हप्ताबाट (फन्टलाइनर र जोखिम समूह)लाई सुरु गरिने बिफ्रिङ गरेको थियो।