मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २२ बिहीबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ पौष २२ बिहीबार १५:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजगढ विमानस्थलका सम्बन्धमा गठबन्धनका नेताहरूबीच सहमति : मन्त्री आले

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ पौष २२ बिहीबार १५:oo:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विभिन्न मोडलको सम्बन्धमा गृहकार्य भइरहेको भन्दै यसमा गठबन्धनका नेताहरूको सहमति भएको बताएका छन्। बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा निजगढ विमानस्थलको सम्बन्धमा भएको छलफलपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्।

मन्त्री आलेले विमानस्थल निर्माणका लागि सरकारकै बजेट अथवा दातृ निकायको बजेटले बनाउने भन्ने सम्बन्धमा गृहकार्य गरिने पनि उल्लेख गरे। उनले बस्ती अधिग्रहण गर्नका लागि १० अर्ब मुआब्जा वितरण गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि बजेट व्यवस्थापन गर्नुपर्ने औँल्याए।

‘अब काठमाडौंको एयरपोर्टले मात्रै यो ट्राफिक धान्न सक्दैन। विकल्पको रूपमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छिटो, छरितो निर्माण अगाडि बढाउनुपर्छ भनेर जुन आज सर्वदलीय बैठक सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा  सम्पन्न भएको छ। एउटा मास्टर प्लान पनि तयार भएको छ,’ उनले भने, ‘अब छिट्टै हामी अवलोकन गरेर, ९ अर्बदेखि १० अर्ब टांगिया बस्तीलाई अन्यत्र सार्नका लागि मुआब्जा दिनुपर्छ भनेर कुरा आएको र छिटो बजेटको व्यवस्थापन गरेर अधिग्रहणको काम सम्पन्न गरेर यसलाई विभिन्न मोडलमा एयरपोर्ट निर्माण गर्न सक्छौँ। नेपाल सरकारको बजेट वा दातृ निकायको सहयोगबाट विभिन्न मोडलमा निर्माण कार्य अगाडि बढाउछौँ, छिट्टै गृहकार्य गर्छौँ।’