मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २१ बुधबार ०६:५६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

पार्टी महाधिवेशन सकियो, अब सबै एकढिक्का होऔँ : देउवा

Read Time : < 1 मिनेट
२०७८ पौष २१ बुधबार ०६:५६:००

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई एकढिक्का बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन् ।  धरान उपमहानगरपालिका– २ मा कांग्रेस क्षेत्र नम्बर १ को नवनिर्मित पार्टी कार्यालय मंगलबार उद्घाटन गर्दै देउवाले पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताएका हुन् ।

एकीकृत पार्टीले मात्र निर्वाचनमा राम्रो परिणाम ल्याउन सक्ने भन्दै देउवाले पार्टीलाई एकढिक्का बनाउन देशभरका सबै कार्यकर्ताको सहयोग आवश्यक रहेको धारणा व्यक्त गरे ।

‘कांग्रेसका कार्यकर्ताहरू एक भएर हिँडेमा मात्र पार्टीमा पनि एकता हुनेछ,’ देउवाले भने, ‘पार्टीको महाधिवेशन सकिएको छ । मतपरिणाम जेजस्तो आएको भए पनि आगामी दिनमा सबै एक भएर अघि बढ्नुपर्छ ।’