१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
अजाज अस्रफ
२०७८ पौष २१ बुधबार ०७:२७:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

भारतीय पत्रकारितामा मौलाउँदो निर्लज्जता

Read Time : > 2 मिनेट
अजाज अस्रफ
२०७८ पौष २१ बुधबार ०७:२७:००

भारतीय मिडिया हाउसहरू विज्ञापनका लोभमा कैयौँपटक झुटो प्रसारण गर्छन् र उनीहरूको झुट देखेर ‘लज्जा’को पटकपटक मृत्यु हुनेछ 


लज्जा पनि भारतीय दैनिक पत्रिका कति तलसम्म झर्न सक्छन् भनेर हेरिरहेको छ । २८ डिसेम्बरमा प्रधानमन्त्री नरेन्द्र मोदीले कानपुर मेट्रो रेल उद्घाटन गरे । मोदीका साथमा मुख्यमन्त्री आदित्यनाथ पनि थिए । त्यही दिन दिल्ली आधारित तीन राष्ट्रिय दैनिकले मोदीको उद्घाटन कार्यक्रमको एक पूरा पृष्ठको विज्ञापन छापेका थिए । यी तीन राष्ट्रिय दैनिकलाई सहजताका लागि पहिलो, दोस्रो र तेस्रो नामांकन गरौँ । लज्जाले मोदीको उद्घाटन समारोहले पूरा पृष्ठको विज्ञापन पाउँदैन भन्ने ठानेको थियो, तर यो बुझाइ हाम्रा निर्लज्ज सम्पादकहरूको अवमूल्यन हो ।   

पहिलो दैनिकले करोडौँ जफत गरिएका कानपुरका एक व्यापारीका बारेमा मोदीले गरेको भाषणलाई छाप्यो । मोदीले ती व्यापारी समाजवादी पार्टीसँग सम्बद्ध रहेको दाबी गरेका थिए । स्मरण रहोस्, समाजवादी पार्टी राज्य विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)को प्रमुख प्रतिद्वन्द्वी हो । २९ डिसेम्बरमा पहिलो दैनिकले आफ्नो पहिलो पृष्ठमा मोदीको भाषणलाई उद्धृत गर्दै ‘व्यापारीले कमाएको अकुत धनको ‘क्रेडिट’ अर्थात् स्वामित्व लिनुहोस् भन्दै प्रधानमन्त्रीले समाजवादी पार्टी (सपा)लाई चुनौती दिए’लाई हेडलाइन बनायो । यो शीर्षक देखेर लाज पनि निकै लजायो होला । 

दोस्रो, दैनिकलाई कानपुर मेट्रोको विज्ञापन दिइएको थियो र प्रथम पृष्ठमा ‘मोदीले मानव स्पर्शसाथ प्रविधिको प्रयोग गर्ने’ शीर्षकमा मुख्य समाचार प्रकाशित भएको थियो । सम्पादकहरूले ‘क्लिसे’ (यहाँनेर महŒव नभएका लोकप्रियतावादी भनाइ)लाई समाचार बनाउँछन् भन्दा लाज नै चकित भयो होला । यद्यपि, कानपुरका भाजपासँग जोडिएका व्यापारीलाई मोदीले समाजवादी पार्टी समर्थकका रूपमा इंगित गरेको समाचारका कारण लज्जाले तेस्रो दैनिक पढेर थोरबहुत राहत पाएको होला ।      

भाजपाको साम्प्रदायिक विज्ञापन छाप्दा साहसी मानिने तेस्रो दैनिकको मेरुदण्ड ३१ डिसेम्बरका दिन झुक्यो । विरोधमा प्राज्ञ एवं स्तम्भकार अपूर्वानन्दले तेस्रो दैनिकमा लेख नलेख्ने घोषणा गरे । भाजपाको चुनावी रणनीतिमा विज्ञापन, विधायिकाको निर्णय र मिडिया एक ठाउँमा जोडिएका छन् । उल्लिखित तीन राष्ट्रिय दैनिकले २१ डिसेम्बरमा मिसन शक्ति नाम गरेको पूरा पृष्ठको विज्ञापन छापेका थिए, जहाँ महिला सशक्तीकरणका लागि आदित्यनाथको प्रशंसा गरिएको थियो । सोही दिन संसद्मा महिलाको विवाहको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउने विधेयक पेस गरिएको थियो र मोदी चुनावी ‘र्‍यालीका लागि प्रयागराज पुगेका थिए । 

विधेयकबारे पहिलो दैनिकको पहिलो पृष्ठको मुख्य समाचारमा प्रधानमन्त्रीको प्रयागराज भाषणको पंक्तिलाई उद्धृत गर्दै ‘मोदीले विपक्षीमाथि साधे निसाना ः विधेयकले केहीलाई पीडा’ भन्ने हेडलाइन बनाएको थियो । सो समाचारले विधेयकको आलोचना गर्ने दुई मुसलमान नेताको नाम उल्लेख गरेको थियो, अर्थात् ‘केही’ भनेर कसलाई इंगित गर्न खोजिएको हो भन्नेमा कुनै शंका रहेन । दोस्रो दैनिकले पृष्ठ एकमा ‘प्रधानमन्त्रीले उत्तर प्रदेशमा 

स्वसहायता समूहहरूको बैंक खातामा रु. एक हजार करोड रकम सहयोग गर्नुभयो’ भनेर हेडलाइन लेखेको थियो । यो समाचार मोदीको २१ डिसेम्बरको कार्यक्रमको एक हिस्सा थियो । तेस्रो दैनिकको पृष्ठ एकको समाचारले पनि विधेयकले ‘केही’लाई समस्या भएको भन्ने मोदीको टिप्पणीलाई उल्लेख गरेको थियो, तर तेस्रो दैनिकले यो समाचारको शीर्षकका लागि मोदीको भिन्न भनाइ अर्थात् ‘छोरीहरूलाई अगाडि बढाउन शिक्षा : उत्तर प्रदेशमा प्रधानमन्त्री’ छनोट गरेको थियो ।

दोस्रो र तेस्रो दैनिकले आदित्यनाथका विज्ञापनको अनुकम्पाका बाबजुद मतदातालाई ध्रुवीकरण गर्ने मोदीको कुटिल राजनीतिक बयानबाजीलाई प्रोत्साहन गरेको देखिँदैन । तर, पहिलो दैनिकले निशंकोच ध्रुवीकरण फैलाएको छ । उदाहरण, तीनवटै राष्ट्रिय दैनिकले वाराणसीमा काशी विश्वनाथ धाम कोरिडोरको उद्घाटन घोषणा समारोहका विज्ञापन पाएका थिए । तर, पहिलो दैनिकको अग्रपृष्ठमा ‘प्रत्येक औरंगजेबका लागि एक शिवाजी छन् : काशीमा मोदी’ भन्ने हेडलाइन छापिएको थियो । ठीक विपरीत दोस्रो दैनिकले प्रथम पृष्ठमा ‘प्रधानमन्त्रीले काशी विश्वनाथ कोरिडोर खोले’ शीर्षक दिएको थियो भने तेस्रो दैनिकमा ‘विगत र भविष्य जोड्ने उद्देश्यले प्रधानमन्त्रीले नयाँ काशी करिडोरको उद्घाटन गरे’ शीर्षक थियो ।पनले तीनवटै दैनिकलाई आफैँले गरेको खोज पत्रकारितालाई पनि बिर्सन बाध्य बनाइदिएको छ । आदित्यनाथलाई सघाउने उद्देश्यले मोदीले मानिसलाई आफ्नो गाउँ छोड्न बाध्य पार्ने आपराधिक गिरोहलाई आदित्यनाथको कार्यकालमा समाप्त गरियो भन्ने दाबी गरे । मोदीले मुस्लिम गिरोहले हिन्दूलाई कैरानाबाट लखेटे भन्ने भाजपाको सन् २०१६ को दाबीलाई इंगित गर्दै सो अभिव्यक्ति दिएका थिए । 

तर, सन् २०१६ मा पहिलो दैनिकले ‘कैरानाका हिन्दू परिवारले भाजपाले भन्ने गरेको ‘लखेटाइ’ झुटो’ भन्ने शीर्षकमा समाचार छापेको थियो । दोस्रो दैनिकअनुसार पाँच सन्तको एक समितिले भाजपाको ‘लखेटाइ’को दाबी झुटो रहेको बताएको थियो । तेस्रो दैनिककी पत्रकार अदिति वत्सका अनुसार कैराना छोडेको भनिएका हिन्दू कि मरिसकेका वा रोजगारीका लागि सहर पसेका मानिस थिए । यी राष्ट्रिय दैनिकमध्ये कसैले पनि मोदीको दाबी काल्पनिक हो भनेर पाठकलाई बताएनन् ।

सम्पादकहरू नेताको भाषणलाई प्रतिवाद नगरी प्रकाशित गर्नुपर्छ भन्ने तर्क गर्न सक्छन् । यो सम्भावित तर्कको जवाफका लागि अमेरिकन प्रेस इन्स्टिच्युटका पूर्वकार्यकारी निर्देशक टोनी रोसेनस्टाइलको भनाइ स्मरण गराउन चाहन्छु । उनी भन्छन्, ‘केही विषय एकै समयमा तथ्यात्मक रूपमा सही र पर्याप्त रूपमा असत्य पनि हुन सक्छ’ र आफ्नो भनाइलाई पुष्टि गर्न रोसेनस्टाइलले एक उदाहरण पनि दिएका छन् । उनी भन्छन्, ‘यदि नवनाजीहरूले प्राविधिक रूपमा सही, तर वास्तविकतालाई पूर्ण रूपमा विकृत गरेको विषयलाई उद्धृत गर्छन् भने मैले उनीहरूले झुटो बोलेको विषयलाई जस्ताको त्यस्तै उद्धृत मात्रै गरेको हुन्छु ।’ 

भारतीय मिडिया हाउसहरूले विज्ञापनका लोभमा कैयाँैपटक झुटो प्रसारण गर्छन् र उत्तर प्रदेश चुनावअघि ‘लज्जा’को कैयौँ मृत्यु हुनेछ ।